news and more entertainment

नम्रताको सन्तान जन्माउने चाहना कसले पुरा गर्ला ... ?

यर्मा: भिक्टर, तिमीले हामी सानो हुँदा खेरी मेरो कम्मर समाएको संझन्छौ, के हुन्छ भनेर कसलाई के थाहा है ?
भिक्टर : सबै कुरा बदलिन्छ ।
यर्मा : अह ! कुनै कुरा बदलिदैन । पर्खाल पछाडिको लुकाएका कुराहरु केही पनि बदलिदैन, किनकी तिनीहरुलाई कसैले देखेकै हुँदैन ।
भिक्टर : सायद !
यर्मा : भोली फेरि तिनीहरु बाहिर निस्किएर चिच्चाउन थाले भने, तिनीहरुको चित्कारले संसार थर्कन्छ ।
उल्लेखित संवाद काठमाण्डौको थिएटर भिलेजमा शनिबारबाट सुरु भएको नाटक ‘यर्मा’को हो । संवादमा ‘यर्मा’ पात्रको भूमिका निर्वाहा गर्ने कलाकार नायिका नम्रता श्रेष्ठ हुन् । यस्तै, ‘भिक्टर’ पात्रको भूमिका कलाकार कमलमणी नेपालले निर्वाहा गरेका छन् ।

सन्तान जन्माउने चाहना बोक्ने एक महिलाको कथामा यो नाटक घुमेको छ । नाटकको निर्देशन विमल सुवेदीले गरेका हुन् । यो नाटक सोमबार बाहेक पौष ६ गतेसम्म चल्नेछ । नायिका नम्रता श्रेष्ठ मुख्य पात्रको रुपमा रहेको नाटकले नि:सन्तान महिला, उनको सन्तान चाहना र श्रीमानको व्यस्तताले पुर्ती हुन नसकेको उनको सन्तान मोहलाई दर्शाएको छ ।

यो नाटकलाई श्रृष्टी भट्टराइले अनुवाद गरेकी हुन् । वन वल्र्ड थिएटरको प्रस्तुतीमा थिएटर भिल्लाको सहकार्यमा नाटक मञ्चन सुरु गरिएको हो । स्पेनका चर्चित नाटककार फ्रेडेरियो गार्सियो लोर्काले लेखेको नाटकलाई ८० बर्षपछि बिमल सुवेदीले नेपालको रंगमञ्चमा मञ्चन गरेका हुन् । स्पेनमा भेडा गोठालो गर्ने एक परिवारको कथालाई नाटकले प्रस्तुत गरेको छ । नाटकमा अभिनय गरेकी नम्रताको उपस्थित दर्शकले प्रशंसा गरेका छन् । नाटक एक घन्टा ३०  मिनेट भिडियो हेर्नुहोस ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget