news and more entertainment

यिनै हुन् सार्कमा नेपालको बेइज्जत गर्ने ...

काठमाडौं,मंसिर १५ – १८ औं सार्क शिखर सम्मेलन भव्य र सभ्य ढंगले आयोजना गर्न सकेकोमा प्रधानमन्त्री सुशील कोइरालालाई सबैले स्याबासी दिइरहेका बेला उनको सरकारका दुई पात्रको लज्जास्पद हर्कत सार्कमा चर्चाको विषय बनेको छ । बिशेषगरी राष्ट्रिय–अन्तराष्ट्रिय मिडियाकर्मीहरुबीच कोइराला सरकारका प्रबक्ता तथा सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल र कोइरालाका विदेश मामला सल्लाहाकार दिनेश भट्टराई चर्चाको पात्र बने । सार्क शिखर सम्मेलन उद्घाटन समारोहमा आठै मुलुकका राष्ट्रपति तथा प्रधानमन्त्री देशको बर्णानुक्रमअनुसार लहरै बसेका थिए । सार्क सम्मेलन आायेजक मुलुकको प्रधानमन्त्रीको हैसियतमा कोइराला कार्यक्रमको अध्यक्षता गरिरहेका थिए ।


उनको पछाडि दिनेश भट्टराई खडा भएर उभिएको धेरैले असहज मानिरहेका थिए । कोइरालालाई सघाउन उभिएका होलान् भन्ने थियो तर भट्टराई त त्यहाँ उभिएका होइनन् ,सार्कका शीर्ष नेताहरुको भन्दा अग्लो कुर्सी मगाएर बसेका पो रहेछन् । सार्क राष्ट्रका कार्यकारी भन्दा अग्लो स्थान जमाएर बस्ने अधिकार उनलाई कसले दियो ? परराष्ट्र मन्त्रालयका कर्मचारीहरुसँग जवाफ थिएन । परराष्ट्र मन्त्रालयको सहसचिवबाट अबकाश भएका भट्टराईले यति शिष्टाचार नबुझ्ने कुरा थिएन । कोइरालालाई सघाउनै पर्ने भए पनि उनी पछाडि उभिन सक्थे । तर उनी त प्रधानमन्त्री भन्दा अग्लो कुर्सीमा बसेका थिए ।

प्रधानमन्त्रीले सहज रुपमा बोलिरहेका बेला उनले हस्तक्षेप गरेर अल्मलिने अवस्था आएपछि प्रधानमन्त्रीको मुद्रा रिसाएको देखिन्थ्यो । उता,आफूलाई सबैभन्दा जान्ने सुन्ने हुँ भन्ने सञ्चारमन्त्री मिनेन्द्र रिजालको हर्कत झनै भद्दा थियो । रिजालले सामान्य शिष्टाचार र पोशाकमा समेत ध्यान नदिँदा विदेशी पत्रकारहरुले समेत असहज महसुस गरे । सार्क शिखर सम्मेलनको उदघाटन समारोह समापनपछि सार्क मिडिया सेन्टर रहेको होटल र्याडिसन पुगेका सञ्चारमन्त्री रिजाल घरमा बस्दा लगाउने ट्राउजर र हवाइ चप्पलमा थिए,आजको साँघु साप्ताहिकमा खबर छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget