news and more entertainment

यस्तो छ काठमाडौंका ‘डन’ को नयाँ धन्दा

काठमाडौं, ११ मंसिर । गुण्डागर्दीको आवरणमा अकूत कमाएको आरोपमा पाँच जना डनविरुद्ध मुद्दा चलाइए पनि त्यसको अझै फैसला भएको छैन । सम्पूर्ण सम्पत्ति रोक्का भएपछि उनीहरु सडकमा आउने धेरैको आँकलन थियो । तर मुद्दा चलाइएकाहरु पहिले भन्दा रवाफिलो जिन्दगी बाँचिरहेका छन् । विभिन्न व्यक्तिको नाममा लुकाइएको कालो धन र छुटे पनि पुरानै धन्दा चलाएर उनीहरु करोडौं कमाइसकेका छन् ।
अहिलको धनी डनहरुमध्ये एक हुन् दीपक मनाङे । सम्पत्ति शुद्धीकरण मुद्दामा २ करोड ९० लाख धरौटी राखेर छुटेका उनी अहिले पनि ठमेलमा धन्दा चलाइरहेका छन् । गुण्डागर्दीको आडमा विभिन्न काम उनले हात लिने गरेका छन् । त्यसका साथै विभिन्न प्रकारका एक दर्जन व्यवसायमा उनी आबद्ध छन् । चीनको स्याउ भारतमा लगेर बेच्नेदेखि जडिबुटीको व्यापारमा समेत उनी लागेका छन् । पछिल्लो समय उनले नयाँ व्यापार थालेका छन् । राँगा भैसीको मासु इन्डोनेसिया निर्यात गर्ने काममा उनी लागेका हुन् । केही समयअघि आफ्ना सहयोगीहरुलाई इन्डोनेसिया पठाएर उनलाई त्यससम्बन्धी सम्झौता गरिरहेका छन् । स्रोतका अनुसार अहिले गढीमाई मेलामा काटिने राँगा भैसीको मासु पनि उनले इन्डोनेशिया पठाउने भएका छन् । त्यसका लागि उनले काम सुरु गरिसकेका छन् । करोडौंको मासु उनले निर्यात गर्ने स्रोत बताउँछ । भारतबाट राँगा/भैसी नेपाल ल्याई काटेर त्यसको मासु इन्डोनेशियामा निर्यात गर्दा राम्रो नाफा हुने भएकाले उनले यस्तो व्यापारमा हात हालेका हुन् । व्यापारिक ‘माइन्ड’ भएका मनाङे ठमेलमा बियरका बोतलहरु बटुलेर समेत बेच्ने गर्दछन् ।
मनाङेसँगै मुद्दा दायर भएका अन्य डनहरु पनि फेरि करोडपति भइसकेका छन् । गणेश लामा कान्तिपथमा माउन्टेन होटल चलाएर बसेका छन् । साथीहरुको नामको निर्माण कम्पनीबाट उनले काम हात पार्ने गरेका छन् ।
त्यस्तै मिलन चक्रे पनि आलिसन जीवन बिताउँदै आएका छन् । मुद्दा दायर भएकामध्ये अभिषेक गिरी भने आर्थिक रुपमा पनि कमजोर छन् । अपहरण मुद्दामा हाल उनी प्रेमिकासहित जेलमा छन् । मुद्दा दायर गरिएका अर्का परशुराम बस्नेत सम्पन्न भइसकेका छन् । - दैनिक नेपाल
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget