news and more entertainment

भारतीय प्रधानमन्त्री मोदी माथी गम्भिर संकट आई पर्दै । पद नै धरापमा पर्न सक्ने

दिल्ली नोबेम्बर २६ – भारतीय प्रधानमन्त्री मोदी अहिले नेपालको काठमाडौमा सार्क शिखर सम्मेलनमा भाग लिईरहेका छन् नेपालमा सार्क सम्मेलनलाई छायाँ पार्दै उनि चर्चित भएका छन् उनि नै सार्कको मुख्य आकर्षण भएका छन् ।
तर यसै बखत भारतमा प्रधानमन्त्री मोदी र उनको पार्टी  माथि गम्भिर आरोप आई लागेको छ, त्यसको छानबिन जारी छ त्यो पुस्टी भएमा उनि ,उनको पार्टी र भारतीय लोकतान्त्रिक अभ्यास माथी ठुलो मुस्कील आई पर्ने छ कयौ प्रश्नहरु खडा हुनेछन् । नैतिकताको बन्धनमा बाधीएर उनको पद धरापमा पर्ने छ ।
प्राप्त खबर अनुसार प्रधानमन्त्री नरेंद्र मोदी को संसदीय क्षेत्र वाराणसी मा 3 लाख 11 हजार 57 फर्जी भोटर भेटीएका छन् । यही क्षेत्रमा मोदी ले 3,71,784 भोटद्वारा आम आदमी पार्टी का अरविंद केजरीवाल लाई हराएका थिए ।
खबर अनुसार फर्जी वोटरहरु संख्या अहिले पनि जारी छ । स्थानिय जिल्ला प्रशासनका अधिकारीहरुका अनुसार फर्जी भोटरहरुको संख्या अझै बढेर जिला प्रशासन का 6 लाख 47 हजार भन्दा पनि धेरै हुन सक्छ । यस खुलासासगै आम आदमी पार्टी ले नरेन्द्र मोदी माथी फर्जी भोट गराई जितेको आरोपमा सोसल मिडीयाहरुमा प्रचारवाजी सुरु गरेका छन् जुन उनिहरुले सम्पन्न चुनाव लगत्तै पनि आरोप लागाएका थिए जुन सत्य बाहिर आएको छ । जसले नरेन्द्र मोदीलाई नैतिक संकट पैदा गरी दिने निच्छित छ ।
लाखौको हिसाबमा भएका फर्जी भोटहरुको खुलासा तब भयो जब स्थानिय निर्वाचन आयोगको निर्देशनमा मतदाता सुची पुनः गिन्ती गर्न आदेश दियो । जिल्लामा सबै क्षेत्रमा घर घर पुगेर जब पुनः मतदाता नामावली लिने काम भयो तब लाखौँ संख्यामा फर्जी फोट भएको तथ्य बाहिर आयो ।
आसन्न लोकसभा चुनाव मा वाराणसी सीट मा बीजेपी उमेद्वार नरेंद्र मोदी ले आम आदमी पार्टी का अरविंद केजरीवाल लाई 3,71784 भोट को अन्तरले हराएका थिए । तेस्रो नम्बरमा कांग्रेस उमेदवार अजय राय (75,614 भोट ), चौथो बीएसपी का विजय प्रकाश जायसवाल (60,579भोट ) अनि पांचौँ मा समाजवादी पार्टीका कैलाश चौरसिया (45,291 भोट ) पाएका थिए कुल भोट मध्य 3 लाख 11हजार 57 फ़र्ज़ी भोटर भेरीएका छन् पुरै जिल्लाको मतदाता संख्या गणना जारी छ त्यो कार्य सकिए संगै नरेन्द्र मोदी र उनको बीजेपी माथी ठुलो नैतिक संकट आई पर्ने अनुमान भारतका मिडीया हाउसहरुमा हुन थालेको छ ।
समाचार स्थानिय समाचार एजेन्सीको सहयोगमा-setoparewa

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget