news and more entertainment

मोदीले यस कारणले गरेछ प्रियंका चोपडाको तारिफ -: (भिडियो सहित)..

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘स्वच्छ भारत’ अभियानमा राजनितिक व्यक्तित्वदेखि लिएर बलिउडका धेरैजसो हस्तीहरु निकै मन लगाएर भाग लिइरहेको देखिएका छन् । बलिउडको कुरा गर्ने हो भने आमिर खान, सलमान खान र अमिताभ बच्चनपछि अब नायिका प्रियंका चोपडा पनि यो अभियानको हिस्सा बनेकी छिन् ।

प्रियंका चोपडाले युट्युबमाथि यो अभियानमा भाग लिएको एक भिडियो अपलोड गरेकी छिन् जहाँ उनी भारतस्थितछ वरसोवाको एउटा इलाकामा गएर सरसफलाई गरेको देखिएकी छिन् ।
 उनलाई यो अभियानमा त्यहाँका बच्चाहरुले पनि साथ दिएका थिए । यहि इलाकामा प्रियंकाको फिल्म ‘अग्निपथ’को सुटिङ भएको थियो ।
 प्रियंका भन्छिन्, ‘मेरो उद्देश्य यहाँको सरसफाई मात्र नभई यो ठाउँमा फेरि बस्ती बसाउनु हो । ’

प्रियंकाको यो कदमलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि तारिफ गरेका छन् । मोदीले ट्विट गर्दै भनेका छन्, ‘प्रियंकाद्वारा गरिएको यो कार्य निकै राम्रो छ । मानिसहरुलाई एकैसाथ ल्याउनु र स्वच्छ भारत बनाउनु निकै ठुलो कुरा हो । ’ (एजेन्सी) 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget