news and more entertainment

भारतमा भयो हंगामा, पुष्टि भए प्रधानमन्त्री पद छाड्नुपर्ने



बिहिबार, मंसिर ११,
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले नेपालमा चर्चामा छन् । सार्क राष्ट्रबाट आउने प्रमुख पाहुनामध्ये सबैको नजर मोदीमै खिचिएको छ । उता भारतमा भने मोदीकै नाममा हंगामा भएको छ ।

भारतमा मोदी र उनको पार्टी भारतीय जनता पार्टीमाथि गम्भीर प्रश्न उठ्ने गरी एउटा खुलासा भएको छ । यदि यो खुलासा पुष्टि भएमा मोदीको पद र उनको पार्टीमाथि नै छिचोल्न नसक्ने प्रश्न चिन्ह खडा हुनेछ । नैतिक रुपमा मोदीले राजिनामा दिनुपर्नेसम्मको अवस्था आउन सक्ने देखिन्छ ।

खबरअनुसार प्रधानमन्त्री नरेंद्र मोदीको संसदीय क्षेत्र उत्तर प्रदेशको वाराणसीमा ३ लाख भन्दा बढी फर्जी भोटर भेटिएका छन् । ३,११,०५७ फर्जि भोटर भेटिएको खुलासाले भारतमा हंगामा भएको छ ।

भारतको चुनाव आयोगको निर्देशनमा जिल्ला प्रशासनबाट मतदाता सूचिको पुनपरीक्षणको क्रम अझै जारी छ । जिल्ला प्रशासनले ६ लाखभन्दा बढी फार्जि भोटर भएको अनुमान गरेको छ । मोदीले आम आद्मी पार्टीका अरविन्द केजरीवाललाई ३,७१,७८४ भोटले जितेका थिए ।

यस खुलासासँगै आम आदमी पार्टीले नरेन्द्र मोदी माथी फर्जी भोट गराई जितेको आरोपमा सोसल मिडीयाहरुमा प्रचारवाजी सुरु गरेका छन् । हुन त सो पार्टीले चुनाव सकिएलगत्तै पनि आरोप लगाएको थियो । यदि फर्जि भोटर भएको पुष्टि भए नरेन्द्र मोदीमाथि गम्भीर नैतिक संकट पैदा हुनेछ । एजेन्सी

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget