news and more entertainment

ओलीलाई किन हाने मोदीले झापड


 काठमाडौंमा आयोजित १८ औं सार्क सम्मेलन सफलतापूर्वक आयोजना गरेको श्रेय लिएर मख्ख पर्नु पर्ने सत्ता पक्षका दलहरु त्यही सम्मेलनकै कारण थप तनावमा परेका छन् । हुन त उनीहरु सार्क सम्मेलनमा कुनै अनिष्ट भएर वा ब्यवस्थापकीय त्रुटीका कारण यसरी तनावमा परेका भनेका होइनन् । सहमति सहमति नभए बहुमतीय आधारमा भएपनि संविधान बनाएरै छाड्ने र माघ ८ पछि सत्तामा जाने योजनामा रहेका एमाले अध्यक्ष केपी ओली परेका छन् सबै भन्दा तनावमा सार्क सम्मेलनपछि । कारण हो सार्क सम्मेलनकै क्रममै काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बीर अस्पतालमा दिएको भाषण सत्तारुढ दलहरुलाई बिझाएको छ ।
सबै भन्दा विझेको छ एमाले अध्यक्ष केपी ओलीलाई । भारत दाइना नहुँदा सत्तामा जान पनि नसकिने तर भारतकै कारण सत्तामा जानका लागि तगारो पर्ने अवस्था आएपछि ओलीको तनाव चुलिएको विश्लेषकहरु बताउँछन् ।   किन दिए मोदीले ओलीलाई झापड ? अघिल्लो पटक गत साउनमा नेपाल आउँदा साउनमा नेपाल आउँदा संविधानसभामा बोल्दै मोदीले नेपाली नेताहरुलाई भनेका थिए छिटो भन्दा छिटो संविधान बनाउ र संविधान बनाउन ऋषि मन चाहिन्छ । त्यसो भनिरहँदा पनि मोदीले कुनै विशिष्ठ मामिलामा भने हस्तक्षेप गरेका थिएनन् । तर यस पटक यस्ता विषयमा बोल्नै नपर्ने सार्क सम्मेलनमा आएका मोदीले सोंच्दै नसोंचेको विषयमा मुख खोले त्यो पनि चेतावनीपूर्ण शैलीमा । पछिल्लो समयमा एमाले अध्यक्ष केपी ओलीले आफ्नै पार्टी भित्रको माधव नेपाल समूह र पार्टी बाहिर एमाओदी लगायतका विपक्षीहरुलाई गन्दै नगन्ने किसिमका अभिब्यक्ति दिँदै आएका थिए । उनले माओवादी आए पनि नआएपनि संविधान माघ ८ मै बन्ने र सहमति नभए बहुमतीय आधारमा बन्ने भनेर पटक पटक अभिब्यक्ति दिएका थिए । तर उनको मुखमा मोदीले एक्कासी बुझो लगाइदिएका छन् ।
sourse:nepalheadline
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget