news and more entertainment

बलिउडमा खानहरुको दादागिरी चल्नेछैन : अजय देवगन

ajay-devganएजेन्सी । अजय देवगनको फिल्म ‘ऐक्शन जेक्सन’ रिलीजको लागि तयार भएको छ, तर फिल्मका टिमलाई आफ्नो फिल्म रिलीज गर्न कुनै सही  समय भने पाएका छैनन् । यस कारणले गर्दा उनले आफ्नो  फिल्म ५ डिसेम्बरमा  रिलीज गर्नुपर्न भएको छ । किनभने आमिर खानले आफ्नो फिल्म ‘पीके’   क्रिसमसको लागि  बुक  गरिसकेका छन् । यसै कारण अजय देवगन फेस्टिवल डेट्समा खानहरुको एकाधिकारलाई लएर रिसाएका हुन् ।
ईद, तिहार र क्रिसमस  यि ३ मुख्य पर्वमा तीन जना खानहरुको फिल्म रिलीज हुने गरेको छ । यस बर्ष पनि  ईदमा सलमानको फिल्म ‘किक’ रिलिज भएको हो । त्यस्तै तिहारमा शाहरुखको फिल्म ‘हैपी न्यू इयर’  भइसकेको छ भने क्रिसमसमा आमिरको फिल्म ‘पीके’  रिलिज हुदैछ  । आफ्न फिल्मको लागि सही समय नपाएपछि अजय देवगन निरास भएका छन् ।
फेस्टिव डेट्समा खान परिवारको मनोपोलीलाई लिएर प्रशनको उतरमा अजय देवगनले भने, ‘ जो कोहि पनि फेस्टिवलमा आफ्नो फिल्म  रिलीज गर्न चाहान्छ, किनकि फेस्टिवलमा फिल्म रिलीज हुदा उसको बिजनसमा धेरै फाइदा हुनेगर्दछ । आगामि २-३ बर्षका पर्वमा कयौ फिल्महरु  रिलीज होलान् । इन्डस्ट्रीको लागि यो मनोपोली राम्रो कुरा हैन, र मलाई यो पूरा विश्वास छ कि यो चाडैनै  अन्त्य हुनेछ।’
सन् २०१२ मा अजय देवगनले यस एकाधिकारको बिरुद्ध लड्दै आफ्नो फिल्म ‘सन अफ सरदार’ लाई शाहरुखबो फिल्म ‘जब तक हे जान’ सँगै रिलीज गरेका थिए । त्यस समय यश राजको फिल्म अधिकांश हलमा ‘जब तक हे जान’ चलाउनको लागि दबाव फिल्महलमा दिएका थिए । अजयले यस कदमको विरोध गरेका थिए ।
.hamrakura.com

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget