news and more entertainment

अख्तियारका प्रमुख आयुक्त कार्कीले लेखे अख्तियार गीत

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोग आफ्नो २३औं स्थापना दिवस मनाएको छ। स्थापना दिवसमा आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की चर्चामा रहनुभयो। आफै आयोजक भएका कारण मात्र कार्की चर्चामा रहनुभएन। उहाँको अलग छवीका कारण कार्की आफै आयोजक भएको कार्यक्रममा चर्चामा रहनुभएको थियो। कार्की गीतकार र रचनाकारको रुपमा २३औं स्थापना दिवसमा देखिनुभयो।

कार्कीले लेख्नभएको ‘जाग जाग  वीर नेपाली जाग गाउँगाउँ बस्तीबाट जाग बोल’को अख्तियार गीतका कारण उहाँको प्रशंसा मात्र भएन उहाँको अर्को पाटो पनि देखियो। कवि मन्त्री शंकर कोइराला सर्वोच्च अदालतका कामु प्रधान्यायाधिश कार्कीको गीत सुनेर टाउको हल्लाइरहेका थिए।

कार्कीले लेखेको अख्तियारको थीम सङग सर्वोच्च अदालतका काम प्रधान्यायाधिसले विमोचन गर्नुभएको थियो। शम्भुजित वाँस्कोटाले संगित दिनुभएको गीतलाई गायक आनन्द कार्की यम वराल संजय लिम्बु लगायतले गाउनुभएको छ।

आफ्नै गीत पहिलो पटक कार्यक्रममा राष्ट्रपतिसँगै बसेर सुन्नुभएका कार्की आफै भने मुस्कुराई रहनुभएको थियो। गायकहरुले गाएको गीतसँगै कार्की पनि कार्यक्रममा आफैले लेखेको गीत गुनगुनाइ रहनुभएको थियो। राष्ट्रपतिले अख्तिायरको सो थीम सङगको प्रसंशा गरेपछि कार्की अझ खुसि देखिनुभएको थियो।

गीतले अख्तियारको काम कर्तव्य र भ्रष्टाचार निर्मल गर्न गर्नुपर्ने पहलको बारेमा चर्चा गरिएको छ।

- See more at: http://www.hamrakura.com
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget