news and more entertainment

बोस्नियामा सरकारी भवनहरुमा व्यापक आगजनी

बोस्निया हर्जगोभिनामा सरकार विरोधी प्रदर्शनकारी उग्र बन्दै गएपछि जनजीवन अस्तव्यस्त भएको छ । प्रदर्शनकारीहरुले सरकारी भवनहरुमा व्यापक आगजनी गरेका छन् । राजधानी सारायभोस्थित राष्ट्रपति भवनबाट कालो धुँवाको मुस्लो निस्किएको बीबीसीले जनाएको छ । बढ्दो बेरोजगार र मुलुकको अस्थीर
अवस्था सुधार गर्न नेताहरु असक्षम भएको आक्रोशमा विपक्षीहरु तीन दिनदेखि प्रदर्शनमा उत्रिएका हुन् । सारायभो लगायतका सहरमा प्रदर्शनका क्रममा सुरक्षाकर्मीसँग झडप हुँदा सयौं घाइते भएका छन् । प्रदर्शनका कारण सन् १९९२ देखि सन् १९९५ सम्म चलेको युद्ध अन्त्यपछि मुलुक अशान्त बनेको समाचारमा जनाइएको छ । बोस्नियामा अहिले ४० प्रतिशत मानिस बेरोजगार छन् । -
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget