संखुवासभामा गएको माघ १७ गते महिलालाई बलात्कारको प्रयास असफल भएपछि एकै परिवारका तीन जनाको हत्या भएको रहस्य खुलेको छ । संखुवासभाको पाथीभरा १ का १६ वर्षीय साने भन्ने निमा तेम्वा शेर्पाले हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिएको छ |
प्रहरीका अनुसार कालीमाया शेर्पाले आफ्नो घरमा निमातेम्वा शेर्पालाई रक्सी नदिई गाली गरेको र प्रहरीलाई खबर गरिदिन्छु भनेपछि निमातेम्बाले बलात्कार गर्न खोजेको तर नसकेपछि कालीमायाको हत्या गरेका थिए ।
कालीमायाको हत्यापछि निमातेम्बाले उनीसँगै ११ वर्षीया छोरी मिङकिवा शेर्पा र भदैनी हटिया ७ की ५ वर्षीया ओंङगमु शेर्पा चिच्याउन थालेपछि घटनाको पोल खुल्ने डरले दुई बालिकाको समेत हत्या भएको प्रहरीले जनाएको छ
प्रहरीले घटनामा प्रयोग भएको खुकुरी तथा सुनको गहना शेर्पाकै घरमा लुकाइराखेको अवस्थामा बरामद गरेको छ । कालीमायाका श्रीमान आङगनुर्बु शेर्पा तीन वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा छन्। निमातेम्बाले यसअघि पनि मादकपदार्थ सेवन गरी गाउँका अन्य मानिससँग झैझगडा गर्ने तथा महिलाहरुलाई दुर्व्यवहार गर्ने गरेको प्रहरीको भनाइ छ ।
Post a Comment