एमालेलाई साथ लिएर सरकार बनाउनेमा छलफलः
काठमाडौं, माघ २५ । नेपाली कांग्रेसका सभापति सुशील कोइराला आज वरिष्ठ नेता शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगी नयाँ सरकार गठनबारे छलफल गरेका छन् । शीर्ष नेताद्धयबीच एमालेलेलाई साथ लिएर नै नयाँ सरकार बनाउनेबारे कुराकनी भएको बताइएको छ ।
नेताहरुबीच पार्टीलाई एकताबद्ध बनाएर लैजाने, एमालेसहितको सरकार गठन गर्ने, मन्त्रिमण्डलमा पार्टीबाट स्वच्छ र योग्य व्यक्तिहरुलाई पठाउने विषयमा छलफल भएको स्रातले जनाएको छ ।
संसदीय दलको नेताको निर्वाचनपछि दुई नेताबीच आज पहिलो पटक भेट भएको हो । नेताद्धयबीच सरकार गठन र राष्ट्रपति निर्वाचन लगायतका विषयमा फरक धारणा सार्वजनिक नगर्ने सहमति पनि भएको छ ।
कोइरालाले प्रधानमन्त्री चयनको सन्दर्भमा सहयोगी भूमिका खेल्न देउवालाई आग्रह गरेकामा देउवा त्यसमा प्रतिबद्ध भएका स्रोतले जनाएको छ ।
Post a Comment