news and more entertainment

सिनेमा हलमा बम आक्रमण,दशको मृत्यु

२८ माघ , एजेन्सि । पाकिस्तानको द्धन्दग्रस्त उत्तर पश्चिमी सहर पेसावरको एक सिनेमा हलमा मङ्गलाबर ग्रिनेड आक्रमण गरी कम्तीमा पनि १० जनाको हत्या गरिएको समाचार छ । पेसारवरको एक सिनेमा हलमा पाकिस्तानी अतिवादी समूहका व्यक्तिहरुले मङ्गलबार अपरान्ह अश्लिल चलचित्र देखाएको भन्ने आरोपमा सो हमला गरेका बताइएको छ । सामा सिनेमा हलमा चलचित्र हेर्न गएका नागरिकलाई लक्ष्यगरी सो बम हमला भएको थियो । हमलामा परी अरु केही व्यक्ति घाइते पनि भएका छन् । उक्त सिनेमा हलको एक अडिटरीयममार्फत यस्ता खालका चलचित्रहरु देखाउने गरेको आरोप आतिवादीहरुले लगाइरहेका छन् । पेसावर सहरमै केही दिनअगाडि यस्तै अर्को एक सिनेमा हलमा यस्तै आक्रमण भएको थियो । त्यसको केही दिनपछि मङ्गलबार फेरि सोही आरोपमा यस्तो हमला भएको समाचारमा जनाइएको छ । पेसावर सहरका प्रहरी प्रमुख मोहम्मद इजाकले सो सिनेमा हलममा तीनवटा ग्रिनेड आक्रमण गरिएका बताएका छन् । उनका अनुसार सो आक्रमणका क्रममा उक्त सिनेमा हलमा कम्तीमा पनि ८० जना दर्शक रहेका थिए । अर्का वरिष्ठ प्रहरी अधिकारी नजिर उर रहमानले भने– सो आक्रमणमा दशको ज्यान गएको र १६ जना घाइते भएका छन् । घाइतेको अवस्था नाजुक रहेको पनि ती अधिकारीले बताए । यही फेब्रुअरीको २ तारिखमा पनि पेसावरमा भएको यस्तै हमलामा परी तीनजना मारिएका थिए भने ३१ जना घाइते भएका थिए । अतिवादी मुसलमानहरुले पाकिस्तानमा सिनेमाको विरोध गर्ने गरेका छन् । उनीहरुले यसरी विगतका केही समयदेखि नै त्यस्ता फिल्महलहरुमा आक्रमण गर्ने गरेका छन् । एएफपी
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget