बिल क्लिन्टन सबैभन्दा ‘क्षमायोग्य ढँटुवा’
९ फेब्रुअरी, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन ‘संसारकै सबैभन्दा क्षमायोग्य ढँटुवा’का रूपमा चुनिएका छन् । ह्वाइट हाउसकी तत्कालीन इन्टर्न मोनिका लेवेन्स्कीसँग अफेयर चलेको दुई दशकपछि क्लिन्टनलाई भर्खरै भएको सर्वेक्षणले ‘सबैभन्दा क्षम्य ढँटुवा’का रूपमा चुनेको हो ।
सीबीएस–भ्यानिटी फेयर सर्वेक्षणका अनुसार सर्वसाधारण जनतालाई ढाँट्ने चर्चित व्यक्तिमध्ये पूर्वराष्ट्रपति क्लिन्टनलाई ४३ प्रतिशतले चुनेका हुन् ।
‘तपाईंको विचारमा कुनचाहिँ ढँटुवा सबैभन्दा बढी क्षमायोग्छ छ रु’ भनिएको प्रश्नमा क्लिन्टन, साइक्लिस्ट ल्यान्स आर्मस्ट्रङ, पूर्वराष्ट्रपति रिचार्ड निक्सन र एउटा स्किममा सर्वसाधारणलाई लगानी गराएर अर्बौं डलर ठगी गर्ने बर्नी म्याडोफलगायतको नाम सामेल गरिएको थियो ।
हाल १ सय ५० वर्ष कारावास सजाय भोगिरहेका म्याडोफले सर्वेक्षणमा सहभागीको सबैभन्दा कम सहानुभूति पाएका हुन् । ३ प्रतिशतले मात्र उनी क्षमायोग्य भएको बताएका छन् । त्यसैगरी, १२ प्रतिशतले निक्सनलाई, २२ प्रतिशतले आर्मस्ट्रङलाई छनोट गरेका छन् । आर्मस्ट्रङले गत वर्ष आङ्खनो प्रदर्शनी सुधार्न गैरकानुनी शक्तिबद्र्धक औषधि प्रयोग गरेको स्विकारेका थिए ।
अन्य ११ प्रतिशलते उनीहरूमध्ये कसैलाई पनि रोजेनन् । केही समयअघि सिनेटर र्यारन्ड पाउलले क्लिन्टनलाई सञ्चारमाध्यमले मोनिका मुद्दामा ‘पास’ दिएको र उनले यसलाई रिपब्लिकनले आरोप लगाउँदै आएको ‘महिलामाथिको युद्ध’को सामना गर्न प्रयोग गरेको बताएका छन् ।
तथापि पाउलले यो मुद्दालाई लिएर हिलारी क्लिन्टनको राष्ट्रपति बन्ने सम्भावनालाई मूल्यांकन गर्न नहुने बताए । ‘तैपनि दुई क्लिन्टनलाई छुटाउन कहिलेकाहीँ कठिन नै हुन्छ,’ उनले भने, ‘मलाई लाग्छ, मोनिका मुद्दामा राष्ट्रपति क्लिन्टनले मिडियाबाट पास नै पाएका हुन् । उनले आङ्खनै कार्यालयमा इन्टर्न गर्ने २० वर्षकी एक युवतीबाट फाइदा उठाए । यसमा उनलाई क्षमा दिन सकिँदैन । यो नराम्रो आचरण हो ।’ सो सर्वेक्षण १ हजार १६ जनामा गरिएको थियो । एजेन्सी
Post a Comment