news and more entertainment

छोरा नजन्माएको भन्दै श्रीमानले ज्यान मार्ने धम्की दिएको आरोप

रोल्पा, असार ७ - छोरा नजन्माएको भन्दै श्रीमानले चरम यातनाका साथै ज्यान मार्ने धम्की दिन थालेको भन्दै एक महिला ३ वर्षकी छोरीलाई काखी च्यापेर न्याय खोज्दै सदरमुकाम लिबाङ आएकी छिन् ।
रोल्पाको सिर्प—६ की ४७ वर्षकी देवीकला खड्कले  आफ्ना श्रीमान हमिले खड्काले छोरा जन्माउन नसकेको भन्दै बारम्बार मरनासन्न हुने गरी कुटपिट गर्नुका साथै यातना दिने गरेको बताउनुभयो । देवीकलाले ८ वटी छोरी जन्माउनु भएको छ ।
श्रीमानले कहिले फरुवाले हान्ने, बेलाबेलामा तातो पानीलाई शरीरमा खन्याईदिने गर्न थालेपछि वैशाख ८ गतेदेखि छोरीको घरमा आश्रय लिएर बसिरहेको देवीकलाले निवेदनमा उल्लेख गर्नुभएको छ ।
जिऊधनको शान्ति सुरक्षाका साथै श्रीमानलाई कारवाही गरी पाउ भनी उहाँले जिल्ला प्रशासन कार्यालय रोल्पा, जिल्ला प्रहरी कार्यालय रोल्पा र बोधार्थको रुपमा राष्ट्रिय महिला आयोग, महिला तथा वालवालिका कार्यालयमा पनि निवेदन बुझाएको बताउनुभयो ।
हिंसा सहन नसकेर छोरीको घरमा गएर बस्दा पनि श्रीमानले त्यहि पुगेर जहाँ बसेपनि एकदिन मारेरै छाड्ने र आफैं मरेको भनी अर्की श्रीमती ल्याएरै छाड्ने धम्की दिदै आएकोले बाध्य भएर ज्यान जोगाउन सदरमुकाम आउनु परेको देवीकलाले बताउनुभयो ।
पीडित देवीकलाका अनुसार हमिलेले यसअघि पनि अर्की श्रीमती ल्याएका थिए । तर पछि उनी आफैं भागेको र आफूले घरको ईज्जत जाने डरले कतै उजुरी नगरेको देवीकलाले बताउनुभयो ।
सधैंजसो कुटपिट गर्ने भएकाले यसअघि स्थानीय प्रहरी चौकी र भद्रभलाद्मीहरु कयौ पटक छलफल भएर हिंसा नगर्ने बाचा गरेपनि हमिलेले घर पुगेपछि घरको कुरा बाहिर लगिस भनेर झनै हिंसा गर्ने गरेको गुनासो देवीकलाको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget