news and more entertainment

कसले गरायो दलाइ लामाको यस्तो हाल ?

अन्तराष्ट्रिय अधिकारवादी संगठन एमनेष्टी इन्टरनेशनलले शुरु गरेको यातना विरोधी प्रचार अभियानमा प्रयोग गरिएका तस्विरले ब्यापक विवाद जन्माएको छ ।
फोटोसप प्रयोग गरेर विक्षिप्त पारिएका ती तस्विरमा चर्चित तिब्बती अत्यात्मिक गुरु दलाइलामा, रक स्टार इग्गी पोप र च्यानल क्रिएटिभ डारेक्टर कार्ल लागेरफेल्डको अनुहार कसैले कुटेर रगताम्मे पारेको जस्तो देखाइएको छ ।
उनीहरुको तस्विरको छेउँमा “Torture a man and he will tell you anything” अर्थात 'मान्छेलाई यातना देउ उस्ले जे पनि भन्छ' भन्ने नारा समेत समेटिएको छ ।

रक स्टार इग्गी पोपको तस्विर छेउँमा भविष्यको रकस्टार जष्टिन विवर लेखिएको छ भने दलाइ लामाको तस्विर छेउँमा ५० वर्षको उमेरमा पनि रोलेक्स घडी लगाउन नसक्ने मान्छे जीवनमा असफल हो लेखिएको छ ।
खासगरी यो तस्विर प्रयोग गरेर एम्नेष्टीले कुनै पनि ब्यक्तिलाई सूचना ओकलोस् भनेर दिइने यातना सम्बन्धि जनचेतना जगाउन खोजेको हो ।

बेल्जियम र फ्रान्समा रहेका एम्नेष्टीका कार्यालयले यी तस्विरको प्रचार अभियान चलाइरहेका छन् ।
तर एम्नेष्टीले ती तस्विर सम्बन्धित ब्यक्तिहरुको अनुमति नलिएरै चलाएको र उनीहरुको तस्विर छेउँमा राखिएका भनाइको विषयमा पनि जानकारी नगराएको बुझिएको छ ।



यी तस्विर प्रयोग गर्नका लागि विभिन्न एजेन्सीको सहयोगमा एम्नेष्टीले फोटोसफ इफेक्ट प्रयोग गरेको थियो ।
हुन त दलाइ लामा र इग्गी पोपले वर्षौं देखि एमनेष्टीलाई सहयोग गर्दै आएका छन् तर पछिल्लो पटक प्रयोग गरिएका विक्षिप्त तस्विरले भने एम्नेष्टी विवादमा तानिएको छ ।

यी तस्विरहरु सामाजिक सञ्जाल फेसबुकमा मात्र २३ हजार पटक शेयर भैसकेका छन् । यद्यपी एम्नेष्टीले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget