८ असार,वीरगंज– ।
वीरगन्ज-१८ भिस्वा टोलमा एक भारतीय दम्पत्तीले शुक्रबार साँझ नसालु पेय पदार्थ खुवाएर नगद र गरगहना लुटपाट गरेको छ ।
भारतीय नागरिक विनोद सिंहको जोडीले चिसो पेय पदार्थमा लट्ठयाउने औषधि
प्रयोग गरी रुदल शाह कलवारको घरमा नयाँ बुहारीलाई भान्सा प्रवेश गराउने
कार्यक्रममा सहभागी १५ जनाभन्दा बढीलाई बेहोस बनाएर लुटपाट गरेको हो ।
नागरिक दैनिकमा खबर छ ।
मधेसी समुदायमा नयाँ बुहारीलाई भान्छा छिराउनुअघि हाँडी छुवावन गराउने चलन छ
। आजको नागरिक दैनिकका अनुसार रुदलकै घरमा डेरामा बस्दै आएका विनोद र उनकी
श्रीमती चिसो पेय पदार्थको बोत्तल लिएर घरबेटीको खुसीमा आत्मीयता दर्शाउन
पुगेका थिए ।उनीहरु आफैले गिलासमा चिसो खन्याउँदै वितरण गरेको रुदलका छोरा
विजयले बताए ।
चिसो पिएलगत्तै उत्सबमा सबै अचेत भए । त्यही अबसर छोपेर विनोद र उनकी श्रीमतीले नगद र गरगहना लुटेको प्रहरीले जनाएको छ ।
लुटपाट लगत्तै भारतिय जोडी पेपत्ता छ । साहकै घरमा डेरा गरी बस्ने विक्रम
राणाले विहान ५ बजे मुलगेट खुला देखेर घरबेटीको तलामा उक्लदा सबैलाई अचेत
भेटेपछि छरछिमेक र प्रहरीलाई गुहारेका थिए । असार १ गते बिहे गरेका विजय
सबैभन्दा पहिलो होसमा आएका थिए ।
Post a Comment