काठमाण्डौ,
३ असार । बलिउडकी डिम्पल गर्ल प्रिति जिण्डामाथि उनका पुर्वप्रेमीले गरेको
हिंसाको विरोधमा बलिउडका चर्चीत कलाकारहरु मौन बसिदिएका छन् ।
बलिउडका
तिन खान जोसँग प्रिति जिण्डाले काम गरिसकेकी छिन् उनीहरुले नेस वाडियाले
गरेको आपत्तिजनक व्यवहारलाई लिएर मौन बसिदिएका छन् । सलमान खान, सारुख खान र
आमिर खानले यसबारे केही बोल्न रुचाएका छैनन् ।
त्यस्तै
बलिउडका बिग बि अमिताभ बच्चन पनि यस विषयमा मौन बसिदिएका छन् । पव्लिक
फोरम धेरै देखिने गरेका सारुख खानलाई प्रितिबारे प्रश्न गर्दा कुराालाई
अन्तै मोडेका थिए । त्यस्तै अन्य अभिनेताहरुले पनि कुराालाई टार्ने प्रयास
गरेका छन् । प्रिति जिण्डाले गरेको उजुरी उपर प्रहरी अनुसन्धान गरिरहेको छ ।
Post a Comment