एजेन्सी । केटाहरुले केटीको नजरमा पर्न
धेरै कुरामा ध्यान दिने गर्छन् । केटीहरु पनि कम त कहाँ छन् र आफुले खोजेको
रोजेको केटा होस् भन्ने सोचिरहेका हुन्छन । अब यहाँ हेरौ कस्ता खालका
केटाहरु मनपराउँछन त केटीहरु
- आत्मविश्वासी आफुप्रति पूर्णरुपमा
विश्वासी रहेको युवकले युवतीहरुको ध्यान खिच्न सफल हुन्छ । सार्वजनिक रुपमा
सकारात्मक हुने र शक्ति तथा नियन्त्रणको क्षमता प्रदर्शन गर्न सक्ने
युवकप्रति युवतीहरु विशेष रुपमा लालायित हुन्छन् ।
- बुद्धिमान युवकले कुराकानीमै चाखलाग्दो
तथा बौद्धिक रुपमै उत्प्रेरणादायी कुरा गरोस् र युवतीले जनाउने प्रतिक्रिया
ध्यान दिएर सुनोस् । सेन्स अफ ह्युमर होस् र बेलाबेलामा हँसाउन सक्ने होस्
।
- कलात्मक यसको अर्थ युवतीले मन पराउनका
लागि युवक कुनै कलाकारै हुनुपर्छ भन्ने छैन । तर चञ्चल स्वभावको तथा हरेक
कुरालाई सहज लिएर हँसीमजाकमा क्षण कटाउने युवकलाई युवतीहरुले मन पराउँछन् ।
आफ्नो सिर्जनशीलताले अरुलाई मख्ख पार्नसक्ने हुनुपर्दछ ।
- स्वतन्त्रताप्रेमी साना कुरामा मतलब
नगर्ने, मूडी प्रकृतिको तथा स्वतन्त्र हिसाबले अघि बढ्ने र साहसिक काममा
हात हाल्ने युवकहरुले युवतीहरुको मन जित्न सक्छन् ।
- सहयोगी तथा संवेदनायुक्त अर्काको
भावनाको कदर गर्ने, कामलाई सानो नभन्ने, हरेक कुरामा सहयोग गर्ने युवकले
युवतीको मन जित्न सक्छ । आफ्ना हरेक समस्या तथा विषयहरुमा कसैले ध्यान
दिओस् र सहयोग गरोस् भन्ने चाहना आम युवतीहरुको हुन्छ र सोही आवश्यकतालाई
सम्बोधन गर्नसक्ने पुरुषहरु भाग्यमानी बन्दछन् ।
Post a Comment