खोटाङ, असार ९ - जिल्ला अदालत खोटाङले छोरीलाई बलात्कार गर्ने एक बाबुलाई १८ वर्षको जेल सजाय सुनाएको छ ।
१४ वर्षकी छोरीलाई बलात्कार गरेको अभियोगमा बाक्सिला–७ का ४० वर्षका एक
पुरुष (छोरीको परिचय खुल्ने हुँदा नाम सार्वजनिक नगरिएको) लाई जिल्ला
अदालतले १८ वर्षको कैद सजाय सुनाएको हो ।
छोरीलाई जवरजस्ती बलात्कार गरेको आरोपमा गत फागुन २ गते पक्राउ परेका ती
व्यक्तिलाई जिल्ला न्यायधिस ईश्वरीप्रसाद गौतमको एकल इजलासले जबर्जस्ती महल
अन्तरगत ८ वर्ष र हाडनाता करणी महल अन्तर्गत १० वर्षको कैद सजायको फैसला
गरेको हो ।
सोलुखुम्बुको सोताङमा रहेको मावली घरमा बस्दै आएकी बालिकालाई घर आएको बेला
माघ–२९ गते राती ती व्यक्तिले बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनाको
तीन दिनपछि दोषिका बिरुद्ध प्रहरीमा पीडितको तर्फबाट उजुरी परेको थियो ।
हाडनाता र जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइएका ती व्यक्तिलाई जिल्ला
अदालतको आदेशमा फागुन–२७ गते पुर्पक्षका लागि जिल्ला कारागार शाखा
दिक्तेलमा थुनामा पठाइएको थियो ।
मानसिक पीडा र यातनाका कारण गाउँमा बस्ने वाताबरण नभएपछि बलात्कृत
बालिकालाई सदरमुकाम दिक्तेलस्थित महिला तथा वालवालिका पुनःस्र्थापना
केन्द्रको संरक्षणमा ३७ दिनसम्म राखेर अहिले गाउँमा पठाइएको जिल्ला बाल
अधिकार अधिकृत रबिन राईले बताउनुभयो ।
Post a Comment