ठाडा गाविसको कोप्चेमा जन्ति बोकेको मिनी बस दुर्घटना हुदा“ २ जनाको ज्यान गएको छ ।
अर्घाखाँचीको ठाडाबाट रुपन्देहीको सालझन्डी जादै गरेको लु १ ख ७५९३
नम्वरको मिनिवस ठाडा गाविसको कोप्चेबासमा दुर्घटना हुदा“ रुपन्देही पानवारी
४ का ४८ वर्षीय पुनाराम भट्टराई,रुपन्देही सालझन्डी पानवारी ८ की ४२
वर्षीय जमुना पोखरेलको ज्यान गएको हो । १५ जना घाईते भएका छन् । २ जनाको
अवस्था गम्भीर रहेको जनाईएको छ ।
ओभरलोड र तिव्र गतिका कारण मिनिवस दुर्घटना भएको प्रहरीको प्रारम्भिक
अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरिक्षक दिपेन्द्र जिसीले बताए । मिनि
बसमा ३५ जना सवार रहेको जिसीले बताए । घाईते सबैको बुटवलमा उपचार भईरहेको
जनाईएको छ । बेहुला बेहुली पनि घाईते भएका छन्।
Post a Comment