'यी दुवै नायकलाई सँगै खेलाउन सम्भव थिएन। किनकि आजको दिनमा यी दुबैले
आफ्नो छुट्टै छबि स्थापित गरेका छन्,' उनले भने, 'तर उहाँहरु फिल्मको
सिक्वेलमा खेल्न सहमति जनाइसक्नुभएको छ।'आमिर र सलमान दुबैले सो फिल्मलाई
अझै माया गर्ने सन्तोषीले बताए। त्यही कारणले आफू स्क्रिप्ट लेख्नर राजी
भएको उनले बताए। उनले दुबैसँग सल्लाह गरेरै स्क्रिप्ट लेखिरहेको बताए। उनले
भने, 'म त्यतिबेला यी दुबै स्टारलाई फिल्ममा 'कास्ट' गर्नसक्छु, जतिबेल यी
दुबैले फिल्म निर्माणका लागि राजी हुनेछन्।'
दुबै नायकले स्क्रिप्टमा कमेडी होस् भनेर चाहेको सन्तोषीले बताए। 'दुबैले
स्क्रिप्टमा कमेडी होस् भनेका छन्,' उनले भने, 'अब बल मेरो कोर्टमा छ। म
त्यहीअनुसार स्क्रिप्ट तयार गरिरहेको छु।'अन्दाज अपना अपनाले १९९५ मा बेस्ट
फिल्म फेयर अवार्डको नोमिनेशनमा परेको थियो। साथै बेस्ट निर्देशकमा सोही
फिल्मका राजकुमार सन्तोषी, बेस्ट एक्टरमा सलमान खान र बेस्ट कमेडियनमा
शक्ति कपुर नोमिनेशनमा परेका थिए। स्रोत # नागरिक न्युज
Post a Comment