news and more entertainment

अर्जेन्टिनाले हार्दा धुरुधुरु रोए कांग्रेसका गगन थाप

काठमाडौं । ब्राजिलमा पाँच दिन अघिदेखि विश्व फुटबलको महाकुम्भ सुरु भएको छ । विश्वकप भइरहँदा विश्वभरीका फुटबल प्रेमीहरु आफूलाई मनपर्ने टिमको समर्थनमा जुटेका छन् भने मनपर्ने टिमको जर्सी लगाउने, सामाजिक संजालहरुमा स्टाटस लेख्ने क्राम तिब्रमा चलेको छ ।

नेपालमा पनि विश्वकप फुटबलको रौनक कम छैन् । नेपालमा विश्वकपले फुटबल प्रेमीलाई मात्र छोएको छैन्, सरकारी अधिकृत, नेता, सभासद र मन्त्री सम्मलाई विश्वकप लागेको छ ।

आफूले समर्थन गरेको टिमले खेल हार्दा समर्थकको चित्तदुखेको थुप्रै घटनाहरु देख्न पाइन्छ । त्यस्तै नेपाली कांग्रेसका युवा नेता तथा सभासद गगन थापाले पनि आफूले सर्मथन गरेको टिमले खेल हार्दा धुरुधुुरु रोएको बताएका छन् ।

एक पत्रिकासँग कुरा गर्दै थापाले आफ्नो समर्थन रहेको टिम अर्जेन्टिनाले खेल हार्दा आफू रोएको बताएका हुन् । उनले सान् १९९० को विश्वकपमा फाइनलमा पुगेको अर्जेन्टिनाले खेल हार्दा आफू रोएको बताएका हुन् ।

तर यसपटक भने अर्जेन्टिनाले बोस्निया हर्जगोभिनालाई २–१ के अन्तरले हराएपछि आफू उत्साहित रहेको पनि उनले बताएका छन् । बाल्यकालमा आफूलाई मनपर्ने टिमको समर्थनमा वादविवाद गर्ने, जर्सी किनेर लगाउने, जुलुस निकाल्ने, मोटर साइकल र्‍याली गर्ने गरेको बताउँदै उनले यो वर्षपनि नकआउट चरणमा पुगेपछि जर्सी किनेर लगाउने बताएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget