काठमाडौ, असार ३ - इन्डियन पि्रमियर लिग (आईपीएल) को पछिल्लो संस्करण त
सकियो, तर दोस्रो भएको क्रिकेट टिम किङ्स इलेभेन पन्जाबकी एक मालिक प्रीति
जिन्टाको चर्चा भने अझै सकिएको छैन । खेल अवधिभर स्टेडियममा चिअर अपका लागि
आएर क्यामेराको फोकसमा परेकी बलिउड नायिका यति बेला फरक खाले झन्झटमा
फसेकी छन् ।
प्रीतिले आईपीएल फाइनलमा पूर्वप्रेमी तथा किङ्स इलेभेनकै अर्का अंशियारले
आफूलाई दुव्र्यवहार गरेको भन्दै प्रहरीमा उजुरी हालेकी छन् । उनका
पूर्वप्रेमी उद्योगपति नेश वाडियाविरुद्ध दिइएको निवेदनमा प्रीतिले खेलकै
बेल आफूलाई जबरजस्ती हात समातेर दुव्र्यवहार गरिएको उल्लेख गरेकी छन् ।
बिहीबार दर्ता गरिएको मुद्दाबाट भने प्रीतिका बिजनेस पार्टनर समेत रहेका
वाडिया 'सक्ड' भएका छन् । उनको छोटो प्रतिक्रिया थियो, 'आरोपबाट म एकदमै
सक्ड भएको छु । तर मविरुद्ध लगाइएका ती आरोप बिल्कुलै गलत र निराधार छन् ।'
प्रहरीले भने केसलाई गम्भीरतापूर्वक लिएको जनाउँदै अध्ययन थालिसकेको बताएको
छ । उसले सीसीटीभीका फुटेजमार्फत घटनाको सत्यतथ्य पत्ता लगाउने पनि बताएको
छ । दुई साताअघिको यो घटना यतिबेला मुम्बईमा महिलावादीको हातमा पनि
पुगिसकेको छ । महाराष्ट्र राज्यको महिला आयोगले यो केसलाई संवेदनशीलताका
साथ लिन दबाब समेत दिएको थियो । उजुरीमा प्रीतिले कसैलाई मर्कामा
पार्नभन्दा पनि आफ्नो सुरक्षाका लागि यस्तो कदम चाल्न बाध्य भएको खुलाएकी
छन् । उनले मिडियालाई अनुरोध गरेकी छन्, 'कृपया यतिबेला मेरो समय एकदमै
नाजुक चलिरहेको छ । यो मुद्दामा मेरो प्राइभेसीको पनि ख्याल गरिदिनुहोला ।
Post a Comment