news and more entertainment

एकै परिवारका नौं जनाको पाँच शव बनाएर दाहसंस्कार


  


प्रेम सुनार/असार-७, गुल्मी ।
गुल्मीको अग्लुङ्गमा विहिबार रातीको बाढि पहिरोमा परी मृत्यु भएका एकै परिवारका नौं जनाको आईतवार दिउँसो पाँच वटा शव बनाएर दाह संस्कार गरिएको छ ।

अग्लुङ्ग गाविस वडा नम्वर ८ निपानेका ७० वर्षिय भविलाल कुँवर, उनकी ६३ वर्षिया श्रीमति चेती कुँवर, ३० वर्षिया बुहारी सिता कुँवर, १० वर्षिय नाती चेतमान कुँवर , ८ वर्षिया नातीनी विन्दु, ६ वर्षिया भिमा, ५ वर्षिया हरिकला, २ वर्षिया विपना कुँवर र ४० वर्षिया माईती आएकी छोरी जुठी विष्टको स्थानिय सिम्लेखोला घाटमा दाह संस्कार गरिएको हो । त्यहाँबाट स्थानिय शिक्षक कृष्ण चन्दले दिएको जानकारी अनुसार ४ सन्तानलाई पाका मानिसहरुको शवमा गाफेर ५ वटा शव बनाई दाह संस्कार गरिएको छ । कुवँरका दुबै छोराहरु घरमा छैनन् । जेठा छविलाल भारतमा रोजगारी गर्दै थिए र घरको विपत्ती थाह पाउन साथ त्यहाँबाट हिडेका छन् । कान्छा छोरा लोकबहादुर कतारमा थिए । उनि पनि आईतवार काठमाण्डौ ओर्लेको चन्दले जानकारी दिए ।

Gulmi Pahiroभविलाल दम्पत्ती जेठा छोरा लविलाल संग बस्दै आई रहेका थिए । कान्छा छोरा लोकबहादुर अलि तल छुट्टिएर बस्दै आएका थिए । त्यस दिन रोपाईबाट हजुर वुवा , हजुर आमा संग बुढो घरमा पछ्याउँदै बस्न आएकी लोकबहादुर की ६ वर्षिया छोरी भिमा पनि त्यस घटनामा परी मृत्यु भएकी छन् । अव त्यस परिवारमा जिवित भनेका उनै दुई भाई छोरा , कान्छी बुहारी राधीका र उनकी एक छोरी मात्र रहेका छन् । कान्छा छोराका श्रीमति सवै सन्तानको मृत्यु भएको छ ।

स्थानियवासीका अनुसार एकै परिवारका ९ जनाको मृत्यु घटनाले त्यस गाउँमा बाढी पहिरोले पुराएको लाखौं मुल्य वरावरको भौतिक क्षति आझेलमा परेका छ। ४ भन्दा बढि घरधुरी उच्च जोखिममा छन् । घरबाट विस्थापितको संख्या बढ्दो छ । स्वर्गिय भविलालका दुई छोराहरुको बास छैन् ‘ प्रशासन र रेडक्रशले बाँडेको राहत साहनुभुति मात्रै भएको छ ’ –स्थानिय शिक्षक कृष्ण चन्दले भने –‘ सरकारले विशेष राहत कार्यक्रम अग्लुङ्गमा नपारे यहाँका कैयौं परिवार विचल्लीमा पर्ने छन् । ’

‘यहाँ गृह मन्त्री आउने कुरा थियो’– चन्दले भने–‘ सायद प्रतिकुल मौसमका कारणले होला आउनु भएन् । ’ अर्का स्थानिय युवा आशोक राउतका अनुसार आईतवार साँझ सम्म दुबै छोराहरु आउने आशामा कृयाक्रम सुरु भएको छैन् । घरमा चरम गरिवीका कारण दुबै भाई देश प्रदेश लागेका थिए । तर प्राकृतिक प्रकोपले उनिहरुको परिवारमा महाविपत्ती ल्याई दिएको छ । अग्लुङ्ग उत्तर पश्चिम गुल्मीको अन्तिम गाविस हो । सदरमुकाम तम्घासबाट अग्लुङ्ग ५२ किलो मिटरको दुरीमा पर्दछ । उद्धारमा गएका सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी फर्कि सकेका छन् । उच्च पहिरोलो जोखिममा परेका कैयौं घरधुरी त्रासमा बाँचेका छन् ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget