
जुन १५ मा मीरपुरमा भएको भारतविरुद्ध क्रिकेट खेलका क्रममा आफ्नी श्रीमती उम्मी अहमत शिशिरलाई ति युवकले जिस्काएको भन्दै हसनले मीरपुर प्रहरीमा उजुरी दिएका थिए ।
व्यवसायी बजलुर रहमानका २३ वर्षीय छोरा रहीललाई उनकै निवासबाट गिरफ्तार गरेको प्रहरीलाई उदृत गर्दै बीडीन्युज २४ डटकमले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको छ । शकिवको भनाईका आधारमा प्रहरीले अन्य मानिसहरुलाई पनि खोजी गरिरहेको छ ।
बंगलादेश क्रिकेट समिति (बीसीबी) का सुरक्षा कर्मचारीहरुले शाकिवकी पत्नीलाई दुःख दिने युवाहरुलाई पिटेको थियो । सुरक्षाकर्मीसँगै पिट्न शाकिव पनि सहभागी भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
Post a Comment