बंगलादेशका अलराउण्डर क्रिकेट खेलाडी शकिव अल हसनकी श्रीमतीलाई यौन
दुव्र्यवहार गरेको आरोपमा एक व्यापारीका छोरा पक्राउ परेका छन् ।जुन १५ मा मीरपुरमा भएको भारतविरुद्ध क्रिकेट खेलका क्रममा आफ्नी श्रीमती उम्मी अहमत शिशिरलाई ति युवकले जिस्काएको भन्दै हसनले मीरपुर प्रहरीमा उजुरी दिएका थिए ।
व्यवसायी बजलुर रहमानका २३ वर्षीय छोरा रहीललाई उनकै निवासबाट गिरफ्तार गरेको प्रहरीलाई उदृत गर्दै बीडीन्युज २४ डटकमले जनाएको छ । घटनाका बारेमा अनुसन्धान भइरहेको छ । शकिवको भनाईका आधारमा प्रहरीले अन्य मानिसहरुलाई पनि खोजी गरिरहेको छ ।
बंगलादेश क्रिकेट समिति (बीसीबी) का सुरक्षा कर्मचारीहरुले शाकिवकी पत्नीलाई दुःख दिने युवाहरुलाई पिटेको थियो । सुरक्षाकर्मीसँगै पिट्न शाकिव पनि सहभागी भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
Post a Comment