(एजेन्सी)– अमेरिकी राष्ट्रपति बाराक ओबामाले कसरत गरिरहेको भिडियो
इन्टरनेटमा भाइरल भएको छ । यो भिडियो क्लिप ओबामाको पोल्याण्ड टुरको दौरान
शुट गरिएको भिडियो हो । त्यति बेला उनी वारसाको म्यारिट होटलमा जिम
गरिरहेका थिए ।
कानमा हेडफोन लगाएका ओबामा कालो ट्रयाक सुटमा वेटलिफ्टिङ गरिरहेका देखिएका
छन् । उनी आयरन पम्प गरिरहेका, स्टेप अप र शोल्डर प्रेस गरिरहेका भिडियोमा
देखाइएको छ ।
पहिले यसको तस्बिरहरु पोल्याण्डको एक म्यागजिनमा छापिएको थियो त्यसपछि यो
भिडियो अनलाइनमा फैलिएको छ । दुनियाँका सबैभन्दा सुरक्षित व्यक्तिको
यसप्रकारले भिडियो लिइनु निकै गहन विषय भएको स्रोतले जनाइएको छ । अमेरिकाको
सेक्योरिटी एक्सपर्ट यो भिडियो लिने व्यक्तिलाई खोजिरहेको छ ।
न्यूयोर्क डेली न्युजका अनुसार यो भिडियो सार्वजनिक भइसकेपछि अमेरिकी
राष्ट्रपतिको सुरक्षामा अझ कडाई गरिएको छ ।
Post a Comment