news and more entertainment

माग्ने बुढा भन्छन्- ‘हामी त जोत्ने गोरु, घाँस नपाएपछि के गर्नु’

 

 
kedar-ghimire
‘मेरी बाँस्सै’ निर्माण गरेको रकम नपाएपछि यतिबेला केदार घिमिरे अर्थात माग्ने बुढा इन्टरनेटतर्फ लागेका छन् । ईन्टरनेटमा ‘माग्ने बुढो डट कम’ संचालन गरेर उनी विभिन्न हाँस्य खुराक पस्कन थालेका छन् । उनले अर्का कलाकार सिताराम कट्टेलसँग मिलेर बनाएको हाँस्य सिरियल ‘मेरी बाँस्सै’ भने दोहोरिन थालेको छ । यो कार्यक्रमकोे निर्माता मिडिया हबले ८ महिनादेखि पारिश्रमिक दिन नसकेपछि सिरियल छायांकन रोकिएको हो ।
उनै केदारले पैसा नै नपाएपछि कसरी काम गर्नु, कलाकार कसरी पाल्नु भन्दै ‘मेरी बाँस्सै’ छायांकन नगरेको बताएका छन् । उनले आफूहरु जोत्ने गोरु भएको भन्दै घाँस खान नपाएपछि कसरी दिनभरी जोत्न सकिन्छ भनेर नै सिरियल सुटिङ रोकेको जनाएका हुन् । माग्नेले भने, ‘गाउँघरमा रोपाइँ हुँदा मरी-मरी जोत्ने गोरु भोकै हिलोमा उभिरहेको हुन्छ ।
खेतका छेउछाउँका गाई, बाख्रा भने मज्जाले हरियो घाँसमा चरिरहेका हुन्छन् । हामी बुढो गोरु झै पैसा आइहाल्ला नि भनेर जोतिरह्यौै । छेउछाउँका टेलिभिजन, विज्ञापन एजेन्सीहरुचाहिँ हरियो घाँसमा चरिरहेका रहेछन् । भोक लागेपछि हामीले पनि घाँस माग्यौ, हामी घाँस छैन भने अनि जोत्न छोडिदियौं ।’
उनले ‘मेरी बाँस्सै’का कलाकारहरु बेरोजगार भएको र आकाशको फल झर्ला भनेर कुरिरहेको बताए । अन्यत्र जान नपाइने शर्त लगाएर कार्यक्रम सुरु गरेपछि कलाकारहरु दुुविधामा परेका हुन् । आफूहरु वेरोजगार भएपछि इन्टरनेट टेलिभिजनतर्फ लागेको उनले बताएका छन् । आज प्रकाशित साप्ताहिकसँग कुरा गर्दै केदारले अब ‘माग्ने बुढो डटकम’लाई नै लोकपि्रय बनाउने योजनामा रहेको बताएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget