news and more entertainment

के तपाई कुखुराको मासु धोएर पकाउनु हुन्छ ? त्येसो भए यो आजै देखि छोड्नुस ..

 तपाइँको पनि कुखुराको मासु किनेर ल्याएपछि धोएर मात्र पकाउने बानी छ भने आजै देखि छोडिदिनुस् । बैज्ञानिकहरुले कुखुराको मासु धोएर पकाउन नहुने भन्दै यसो नगर्न चेतावनी दिएका छन् ।


कुखुराको मासु धुँदा क्याम्पाइलोब्यक्टर नामक ब्याक्टेरिया फैलिने र यसले खानालाई विषाक्त बनाउने उनीहरुको भनाइ छ ।

द टेलिग्राफमा प्रकाशित रिपोर्ट अनुसार अधिकाँश कुकहरुले पकाउनु अघि कुखुराको मासु धुने गरेको तथ्याङ्क रहेको भन्दै यसो नगर्न चेतावनी दिएको हो ।

बैज्ञानिकहरुले वर्षेनी देखिने क्याम्पाइलोब्यक्टर नामक ब्याक्टेरिया मुख्यतः कुखुराको मासुबाट नै फैलिएको समेत बताएका छन् ।

यो क्याम्पाइलोब्यक्टर नामक ब्याक्टेरियाले पेट दुखाउने, झाडा पखाला, वान्त हुने लगायतका समस्या गराउने गर्छ ।

मानिसहरुले कुखुराको मासु किनिसकेपछी धोएर पकाउने कुरालाई दृष्टीगत गरेर यो चेतावनी जारी गरिएको शोधकर्ता बैज्ञानिकहरुले बताएका छन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget