अध्ययन अनुसार सेक्सका बेला चरम आनन्दमा पुग्ने महिला अरु महिला भन्दा
भिन्न तरिकाले हिड्ने गर्छन् । कुनै पनि महिलाले यौन सम्पर्कका बेला चरम
सन्तुष्टी पाए नपाएको कुरा उनको हिँडाइबाटै थाहा हुने पछिल्लो एक अध्ययनले
देखाएको छ ।
बेल्जियमका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार यौन सम्पर्कका बेला
चरमोत्कर्षमा पुग्ने र चरमोत्कर्षमा पुग्नै नपाइकन सम्भोगबाट अलग्गिन बाध्य
हुने महिलाहरुको हिँडाइको चाल बेग्लै हुन्छ ।
सेक्सका बेला यौन सन्तुष्टी पाउने महिलामा योनी सम्भोग सुख नपाउने महिलामा
भन्दा हिँड्दाखेरी ढाड तथा नितम्बको लचकता बढि हुन्छ र उनीहरुले अलि
ठूला-ठूला पाइला चाल्ने गर्छन् । पाक्क्रिडा तथा अन्य कृत्रिम माध्यमबाट
चरमसुख प्राप्त गर्ने महिलाको हकमा भने हिँडाइको चालबाट सम्भोग सुखको आँकलन
गर्न मुस्किल पर्ने र योनी र लिंगको मिलन हुने प्राकृतिक सम्भोगबाट हुने
यौनसुखको मात्र आँकलन गर्न सकिने शोधकर्ताहरु बताउँछन् ।
शोधकर्ताहरुले अध्ययनको क्रममा केही महिलाहरुको व्यक्तिगत यौन जिवनका
बारेमा जानकारी लिएर उनीहरुको हिँडाइको चालका बारेमा सुक्ष्म विश्लेषण
गरेका थिए । योनी सम्भोगको चरम आनन्दले मानसिक तथा सारीरिक प्रभाव पार्ने र
त्यसले तनाव र मांशपेशीको दुखाइ जस्ता समस्या समेत निराकरण गर्नमा सहयोग
गरेर महिलालाई फुर्तिलो बनाउने उनीहरु बताउँछन् ।
Post a Comment