news and more entertainment

‘फिल्मीकर्मी नौटंकी हुन्, उनीहरुलाई ब्याइफ्रेन्ड बनाउन्न’ : सुरभी जैन

 
suravi-jain-bista
संचारमाध्यममा खासै आउन नचाहने ‘समय’ डेब्यू हिरोइन सुरभी जैन बिष्टले यसपछि गतिलो सफलता प्राप्त गरेकी छैनन् । ‘नागबेली’ र ‘स्पर्श’ फिल्ममा उनले ‘समय’पश्चात अभिनय गरिन् । दुई सिनेमाको रिजल्ट आउन बाँकी नै छ ।
‘नागबेली’ निर्देशक गोविन्द राईसँग आफ्नो सम्बन्ध नबिगि्रएको उनले बताइरहँदा चलचित्रको पत्रकार सम्मेलनमा उनको सहभागीता नहुनुले पनि कुरा वाझिएको प्रष्ट थियो । अनलाइनखबरसँग कुरा गर्दै उनले आफूले ‘समय’ गर्दा केही नवुझेको र अब विस्तारै हिड्न सिकेको बताइन् ।
उनले आफूलाई धेरै नखुल्ने यूवतीको रुपमा संज्ञा दिइन् । ‘म धेरै खुल्दिन, पार्टी पनि जान्न’ सुरभीले भनिन् । उनले चलचित्र ‘समय’मा नायक विक्की मल्लसँगको सम्बन्धका बारेमा भनिन्, ‘हामी विच केही पनि थिएन, त्यो प्रमोशनका लागि हल्ला चलाइएको थियो या के थियो मलाई थाहा भएन ।’
उनले विक्कीलाई भनिन्, ‘उ पनि नौटंकी, म पनि नौटंकी गर्ने मान्छेे, अब हाम्रो कुरा कसरी मिल्छ ।’ उनले नेपाली फिल्मका निर्माता-निर्देशक कोहीसँग पनि डेट नगर्ने खुलाइन् । ‘फिल्मीकर्मी सबै नौटंकी हुन्, उनीहरुसँग डेट किन गर्ने’, सुरभीले खुलाइन् । उनले सिने नगरी भन्दा बाहिरका व्यक्तीसँग डेट गर्ने जनाइन् ।
उनले आफूलाई आजसम्म कोहीबाट पनि डेटको अफर नआएको बताइन् । ‘आफूले बाटो दिए मात्र यस्ता अफर आउने हुन्, सकारात्मक सोचाई राख्ने हो भने कसैले नराम्रो दृष्टीकोणले हेर्दैन’, ‘समय’ डेब्यू हिरोइनले भनिन् ।
उनले आफूलाई चर्चा र नाम नचाहिएको बताइन् । सुरभीको कुरा सुन्दा धेरैले उनलाई घमण्डी सोच्न सक्छन् । ‘काम राम्रो गर्ने हो, नामको पछाडि दौडने यूवती म होइन’, सुरभीले भनिन् । उनले आफू दाम कमाउन फिल्म लाइनमा नआएको बताइन् । ‘म रुचि भएर यहाँ आएको हो, मेरो खर्च त बुवा आमाले नै पुर्‍याइदिनु भएको छ नि’, सुरभीले अनौठो तर्क गरिन् ।
हालै मात्र ‘किल्ला’ सिनेमाको छायांकन सकेर बसेकी यी नायिकाले ‘जंगे’ चलचित्रमा आइटम नृत्य पनि गरेकी छिन् । उनले आफू विस्तारै सानो पाइला हिड्दै गरेको र यसरी नै अगाडि बढ्ने बताइन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget