news and more entertainment

‘कक्टेल जवानी’ भन्दै प्रियंकाले संयमलाई के सिकाइन् ?

 
priyanka-and-saiyam
चलचित्र ‘आवरण’मा नायिका प्रियंका कार्कीलाई निर्देशक सुवास कोइरालाले गीत गाउन लगाएका थिए । अब उनै निर्देशकले नयाँ चलचित्र ‘पुन्टे परेड’मा भने कार्कीलाई नृत्य निर्देशक बनाएका छन् ।
‘कक्टेेल जवानी’ बोलको गीतमा प्रियंकाले कोरियोग्राफी गरेकी हुन् । साउन २ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमामा संयम पुरी, एन्जिला दाहाल लगायतका कलाकारको अभिनय छ । यो गीतमा प्रियंका आफै नाच्नुको साथै संयम पुरी, निलु डोमा शेर्पा र रविन्द्र खड्कालाई नचाएकी छिन् ।
नायिका कार्कीले आफूलाई अभिनयसँगै गायन र नृत्यमा रुची भएको बताइन् । यो चलचित्रमा उनी विशेष भूमिकामा देखिएकी छिन् । हरी महत्त र अनिल अधिकारीको निर्माणमा तयार भएको चलचित्र कमेडी जनरामा तयार पारिएको छ । चलचित्रमा निलु डोमा शेर्पाको कथा, शान बस्न्यातको पटकथा तथा संवाद छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget