news and more entertainment

सुनिताले कसरी बढाउलिन् त ‘हौसला’ ?

 
sunita-limbuधरानमा जन्मिएकी गायिका सुनिता लिम्बुले ‘हौसला’ एल्बम बजारमा ल्याएकी छिन् । यो एल्बमको ललितपुरमा आयोजना गरिएको एक कार्यक्रममा संगीतकार तथा गायक प्रेमध्वज प्रधान, संगीतकार प्रकाश गुरुङ र रोयल्टी संकलन समाजका अध्यक्ष एवं संगीतकार सुरेश अधिकारीले विमोचन गरेका थिए ।
कार्यक्रममा बोल्दै गायक प्रेमध्वज प्रधानले नेपाली सांगीतिक क्षेत्रमा महिला स्वरको आगमन सुखद भएको तर्क गरे । गायिका लिम्बुले २ बर्ष मिहिनेत गरेर एल्बम बजारमा ल्याएको भन्दै श्रोताहरुले मन पराउने विश्वास व्यक्त गरिन् ।
एल्बममा ‘हावाले पनि’, ‘अञ्जानैमा’, ‘जीवन एउटै’, ‘दियो बाली’, ‘हृदयको पाना’, ‘जिन्दगी कहिले’, ‘अधर’ र ‘भेट भयो’ बोलका गीत समावेश छन् । एल्बममा समावेश गीतमा टिका चाम्लिङ, रमेश पौडेल, काजीमान लिम्बु, मुकेश राई, शशि थापा र निलम आङबुहाङ राईको शब्द छ । यस्तै एल्बममा सुरेश अधिकारी, प्रकाश गुरुङ, शान्तिराम राई, अर्जुन पोखरेल, आलोक श्री, हेम तामाङ र शिलाबहादुर मोक्तानलेे संगीत भरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget