news and more entertainment

रणविरले आफ्नो प्रेमिका कट्रिना भाईको लागी छोडे

(एजेन्सी)रणविर र कट्रिनाको  प्रेम सम्वन्धको चर्चा
अहिले धेरैको चासो वनेको छ । पछिल्लो समय आफ्नो फिल्म जग्गा जासुसको शुटिङका लागि केप टाउनमा रहेका कथित प्रेमीप्रेमिका रणबिर कपुर र कट्रिना कैफ हात समात्दै सपिङ गरिरहेको र आफ्नो गुणस्तरिय समय व्यतित गरिरहेको समाचारले मिडियो तातेको थियो । तर अब फेरि खबर आएको छ aकि रणबीरले कट्रिना र शुटिङलाई बिचमै छोडी भारत आएका छन् त्यो पनि आफ्नो भाइ अरमानको लागवास्तविकता के हो भने रणबीर कपुरको भाइ अरमान जैनको फिल्म लेकर हम दिवाना दिलको प्रोमोसन चलिरहेको छ । अरमानको यो पहिलो फिल्म भएका कारण परिवारजनको सहयोगको आवश्यक भएकोले दाइको भूमिका निभाउँदै उनलाई सहयोग गर्न लागिपरेका छन् । त्यसकारण रणबीरले कट्रिना र केपटाउनमा चलिरहेको शुटिङलाई त्यतै छोडी अरमानको फिल्मको प्रोमोसनका लागि भारत आएका छन् । 


अहिले विश्व फिफाको ज्वरोले आक्रान्त छ त्यसैले रणबीर कपुरले पनि फुटबल खेलेर अरमानको फिल्मको प्रोमोसन गरेका छन् । मुम्बईमा दुबैजनाले फुटबल खेले जसमा रणबीरले जितेका छन् । जितिसकेपछि रणबीरले अरमानको कडा परिश्रमको तारिफ गरे । उनको नयाँ फिल्म असार २० मा प्रदर्शनको तयारिमा छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget