मानिसहरुमा केहि बर्ष पहिला देखि यो सवालको पक्ष र विपक्षमा खुलेर छलपल
चलाउँन थालेका छन् । हाम्रो समाजमा मात्रै होइन संसारकै सबै समाज र
संस्कारका प्रचलनले विवाह अगाडि यौन सम्पर्क गर्न बर्जित गरेको छ । विवाह
अगाडि यौनसम्पर्क गर्न हुँदेन भन्नेको संख्या निकै ठूलो अहिले पनि भएको
अनुमान गर्न सकिन्छ । तर यस सँगै विवाह अगाडि लुकिछिपी यौनसम्पर्क गरेका
मानिसको संख्या पनि उत्तिकै ठूलो संख्या छ । विवाह अगाडि यौनसम्पर्क गर्नु
हुन्न भन्ने तर यौनसम्पर्क पनि गर्नेको संख्या पनि उल्लेखनीय भएको सबैले
सहजै अनुमान गर्न सकिन्छ । यो पनि एक किसिमको खुल्ला गोनीयता भएको छ ।
समाज शास्त्रीय दृष्टिकोणबाट हेर्दा यौन सम्पर्क र विवाह अलग अलग कुरा हुन ।
विवाहलाई एक परम्परागत सामाजिक संस्था ९त्चबमष्तष्यलब िक्यअष्ब
िक्ष्लकतष्तगतष्यल० हो । हाम्रो समाजका कतिपय समुृदायमा आजका दिनसम्म पनि
श्रीमान श्रीमति भएर घरज मगर्दछन्, बच्चा जन्माउँछन र छोराछोरीको विवाह
अगाडि सम्म श्रीमान श्रीमतिबीच विवाह भएको नहुन पनि सक्छ । त्यस्तो भएमा
बाआमा र छोराछोरीको विवाह एकै दिनमा पनि गरेको पाइन्छ । यसको अर्थ केहो भने
विवाह भनेको श्रीमान श्रीमति भएर घरजम गर्नु सन्तान जन्माउँनु मात्र होइन ।
किनकि विवाह हुन आ–आफ्ना धर्म संस्कार अनुसार परम्परा देखि अपनाइदै आएका
निश्चित विधि र प्रकृया पुरा गर्नु हो । वा देशको कानुनले तोके अनुसार
कानुनी प्रकृया पुरा गरेर प्रमाणित हुनु हो । जसमा एक महिला र एक पुरुष
समाजमा चलिआएको रितिरिवाज र कानुन बमोजिम, सन्तान उत्पादन गर्ने उदेश्यले
एक सामाजिक बन्धनमा बाँधिन्छन र समाजले उनीहरुबाट हुने यौन सम्बन्धलाई
स्वीकार्दछ अर्थात मान्यता दिएकोछ । यसरी भरिएको यौनसम्पर्कलाई सभ्य
व्यवहार भनेर समाजमा स्थापित छ । यौनसम्पर्क विवाह भन्दा फरक कुरा हो । एक
जना मानिसको जीवनको केन्द्रीय पक्ष हो । अरु प्राणीको जस्तै मानिसको लागि
पनि यौन जीवन एक अपरिहार्य र अभिन्न अंङ्ग हो । मानिस बाँचुञ्जेलीको
आधारभूत आवश्यकता गाँस बास कपाससँगै सहबासको पनि आवश्यकता पर्दछ, जीवनको
लागि जरुरी हुन्छ । त्यसैले यौन र विवाहलाई एउटै तरिकाले हेर्न र बुझ्न
हुँदैन ।
आज भोली मानिसहरु ढिलो विबाह गर्नेको संख्या बढ्दै छ किशोरावस्था देखि
मानिस यौन क्रियाकलापमा सकृय भएको हुन्छ र प्रायले युवावस्था (२५ बर्ष) पछि
नै विबाह गर्न थालेकाले यो लामो समयसम्म सबैले यौनसम्पर्क नगरी बसेका
हुँदैनन् । विज्ञानमा आएका परिवर्तनले विगतमा मासिनका लागि रहस्य मानेका
सबै कुराहरुको रहस्य खुल्दैछ । त्यसैले समाजिक रुपमा बर्जित गरिएका
कुराहरुमा समाजले अस्वीकार गर्न थालेको छ । विश्व ब्रह्माण्डीकरणले गर्दा
संसारका हरेक सूचना छिन भरमै सबै ठाउँमा थाहा हुन्छ । नयाँ खोज अनुसन्धानका
कुराहरुले परम्पराबाट चल्दै आएका कतिपय कुराहरुमा यौन तथा यौनिकताका
कुराहरुमा पनि परिवर्तन ल्याएको छ । अर्थात यौन जीवन शैलीमा पनि परिवर्तन
आएको छ । त्यसैले विवाह अघि यौनसम्पर्क गर्नु कति उचित वा अनुचित भन्ने
कुरामा मानिस आफैले निर्णय गर्न सक्ने भएको छ । कहिले गर्ने ? कोसँग गर्ने
भन्ने मानिसको अधिकार वा निर्णयको कुरा हो तर विवाह अगाडी गर्नै हुन्न भनेर
अरुले भन्न पाउँदेन । बरु अरुले जिम्मेवार र सुरक्षित यौनसम्पर्कको बारेमा
सचेत गराउँन सक्दछ । अब त कानुनले पनि विवाह अगाडिको यौनसम्पर्कलाई बन्देज
लगाउँन सक्दैन । अर्को महत्वपूर्ण कुरा के हो भने समाज वा परिवारमा अरुलाई
नकारात्मक असर पार्ने गरि वा विसंगती बढाउँने किसिमको यौनसम्पर्क चाहिं
गर्नु हुँदैन । सानो उमेरमा पनि यौनसम्पर्क गर्नु हुदैन किनकि यौनांगहरु
पूर्णरुपले विकास भएको हुदैन । त्यसैकारण कानुनले पनि १८ बर्ष भन्दा अगाडी
विवाह गर्न प्रतिबन्ध लगाएको हो । विदेशका अन्य मुलुकमा त १८ बर्ष मुनिका
लागि नग्न चलचित्र (ब्लु फिल्म) हेर्न पनि प्रतिबन्ध लगाइएको छ । किनकि
त्यस्ता चलचित्रले यौन सम्पर्क गर्न प्रेरित गर्नसक्छ र यौनांग राम्रोसँग
विकास नभई यौनसम्पर्क गर्दा प्रजनन स्वास्थ्यका पक्षमा त्यसले जीवन भरी
जटिल समस्या उत्पन्न हुनसक्छ । यौन तथा प्रजनन स्वास्थ्य क्षेत्रका
विज्ञहरुले २० बर्ष अगाडि यौनसम्पर्क नराख्न सुझाव राखेका छन् ।
Post a Comment