अधिकाँश पुरुषहरु महिलाई के मन पर्छ भन्ने आफूले बुझ्न नसकेको गुनासो
गर्छन् । यहाँ केही त्यसता कुराको चर्चा गरिएको छ जुन कुरा सुन्न महिलाहरु
लालायित हुन्छन् तर पुरुषहरु भने भन्न हिच्किचाउँछन् ।
यदि कुनै महिलाई आकर्षित गर्न वा खुसी राख्न राहनु हुन्छ भने धेरै केही
गर्नु पर्दैन सामान्य बोलीचालीमा उनीहरुलाई मन पर्ने कुरा गरिदिए पुग्छ ।
तपाइँलाई अचम्म लाग्न सक्छ तर यो सत्य कुरा हो ।
यदि तपाइँ आफ्नो सम्बन्धमा प्रतिबद्ध हुनुहुन्छ र सम्बन्ध टुट्लाकी भनेर
चिन्तित हुनुहुन्छ भने यि महिलालाई मन पर्ने केही कुरा ध्यानमा राख्नुस् ।
सुन्दरताको बयानः
पुरुषले जहिले पनि महिलालाई मन पर्ने तीन कुरा मनमा राखि रहनु पर्छ । सबै
महिलालाई मन पर्ने खाना, दराजमा नयाँ नयाँ कपडा र पुरुषहरुले आफ्नो
सुन्दरताको बयान गरेको मन पर्छ । महिलाई तिमी राम्री छौ भन्दिँदा जित खुसी
अरु केही गर्दा नि लाग्दैन । कुनै पुरुषले तिमीलाई यो कपडा राम्रो देखिएको छ
भन्यो भने मख्ख पर्छन् । ३० वर्षकी महिला पनि यो उमेरमा पनि कस्तो सेक्सी
देखिएको भन्दा फुरुक्क पर्ने हुन्छन् ।
'तिमी मेरो पहिलो प्रेम हो'
महिलालाई तिमी मेरो पहिलो प्रेम हो भन्यो भने मख्ख पर्छन् किन भने उनीहरुलाई यो एक मात्र महिलालाई प्यार गर्ने पुरुष हो भन्ने पर्छ ।
सँगै सुत्दा प्रशंसा गर्नुस्
जुन सुकै महिला पनि आफ्नो प्रशंसा सुन्न लालायित हुन्छन् । खासगरी सँगै
सुतिरहेको समयमा प्रशंसा गरेको महिलालाई खास मन पर्छ । यसो गर्दा तपाइँ
सेक्स जीवनमा सन्तुष्ट हुनुहुन्छ भन्ने प्रभाव पर्छ र महिला खुसी हुन्छन् ।
'तिमी असल आमा बन्न सक्छौ'
कुनै पनि महिला आमा बन्न लालियत हुन्छन् । त्यसकारण उनीहरुलाई तिमी असल आमा
बन्न सक्छौ भनिदियो भने अति खुसी हुन्छन् । महिलाहरुमा बच्चा सम्हाल्न
सक्छु कि सक्दिन भन्ने पिर मनमा हुने हुँदा पनि यसो भन्न जरुरी हुन्छ ।
भावुकताको कदर गर्नुस्
सबैजसो महिलाहरु भावुक हुन्छन् । तिमी मेरो जीवन साथी बन भनेर भन्दा
महिलाहरु पग्लिन्छन् । त्यति भनेकै भरमा तपाइँले उनीहरुको मनमा राज गर्न
सक्नु हुन्छ ।
हरेक कुरामा सल्लाह लिनुस्
महिलाहरु साना सान कुरामा पनि उनीहरुसँग सल्लाह लिएको मन पराउँछन् ।
तपाइँले मोबाइल किन्दा होस् या गाडी किन्दा महिलासँग तिमीलाई कुन मन पर्छ
भनेर सोध्नु भो भने उनीहरु खुसी हुन्छन् । यसले उनीहरुलाई सम्मानित पनि
अनुभव गराउँछ ।
'तिमी मेरी सबैभन्दा नजिकको साथी हो'
कुनै पनि स्त्री आफूलाई कुनै पुरुषले साथी भनेको सुन्न लालायित हुन्छे ।
उनीहरुलाई केवल सुन्दरता र शरीरको बर्णनले मात्र पुग्दैन उनीहरुलाई साथी
बनाएको बढी मन पर्छ ।
महत्व बुझाउनुस्
स्त्रीहरुलाई पुरुषले महत्व दिएको मन पर्छ । तिमी मेरो जिन्दगी हो भनेमा
उनीहरु मख्ख पर्छन् । तिमी मेरो जीवनमा कति महत्वपूर्ण छौ भन्ने कुरा सँधै
बुझाउनुस् ताकि उनीहरुलाई आफ्नो गहनता महसुस हुन्छ
आई लभ यू
आई लभ यू अर्थात म तिमीलाई प्रेम गर्छु भन्ने केवल तिन शब्दले महिलाको मन
सहजै जित्नै सकिन्छ । महिलाहरु आई लभ यू भनेको सुन्न लालियत हुन्छ । यद्यपी
यस्को प्रयोग भने सही समयमा गर्नु पर्छ ।
Post a Comment