इन्दि्रयहरूबाट यौन उत्तेजना हुने किसिमको सन्देश प्राप्त भए त्यो
स्नायुप्रणालीका नसाहरूबाट विद्युतीय तरंग वा रसायनहरूको माध्यमबाट
मस्तिष्कसम्म पुग्छन् र त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि हामीले थाहा
पाउँछौं र यौन उत्तेजना बढ्छ।
व्यक्ति अनुसार कुन किसिमको सन्देशले बढी यौन उत्तेजक हुन्छ भन्ने
कुराचाहिँ फरक-फरक हुन सक्छ। यसरी यौन उत्तेजित हुन थालेपछि रगत धमनीहरूबाट
लिङ्गमा भएको उत्थित हुन सक्ने विशेष तन्तुमा जम्मा हुन थाल्छ, साथै
लिंगबाट रगत बाहिर निस्कने क्रम घट्छ र लिङ्ग कडा, मोटो अनि लामो हुन्छ।
यसलाई नै हामी लिङ्ग उत्तेजित भएको भन्छौ।
लिंग कस्तो बेलामा दह्रो हुन्छ ?
सबैजसो पुरुषले कुनै न कुनै बेला लिङ्ग उत्तेजनामा आयको वा दह्रोपन भएको
महसुस गरेका हुन्छन् । उत्तेजित अवस्थामा आइसकेको लिङ्गलाई पुरानै स्थितिमा
कायम राख्न नसक्ने समस्यालाई impotence वा erectile dysfunction भनिन्छ।
उत्तेजित भइसकेको लिङ्ग लाई पुरानै अबस्थामा ल्याउन या त शारीरिक सम्पर्क
नै राख्नु पर्ने हुन्छ भने यात पुरै ध्यान विकेन्द्रित गरेर मन अन्तै
मोड्नु पर्ने हुन्छ ।
हस्तमैथुन वा स्वप्नदोषका बेला जसको लिङ्ग राम्रोसँग उत्तेजित हुन्छ त्यो
व्यतिको शारीरीक पक्ष एकदमै ठीक हुन्छ । यहाँ तपाईंको मानसिक पक्ष
महत्वपूर्ण हुन्छ।तनावपूर्ण वा डर भएको स्थितिमा भने लिङ्ग उत्तेजित नै
नहुन वा भएको उत्तेजना पनि हराउन सक्छ। त्यसमा पनि हतारमा यौनसम्पर्क
गर्नुपर्दा वा कसैलाई आफ्नो यौनक्षमता प्रदर्शित गर्नुपर्ने दबाब भए समस्या
अझ चर्को हुनसक्छ।
के गर्दा लिङ्ग उत्तेजनामा आउछ ?
एकनासेपनका कारणले दिक्क लागेको स्थितिमा निरन्तर रूपमा केही नयाँपन
ल्याउनु आबस्यक हुन्छ। विशेष गरेर नौलो समय, नौलो आसन, नौलो स्थानजस्ता
कुराले यौन क्रियाकलापमा संलग्न हुन थप ऊर्जा दिन्छन्।
लिङ्ग उत्तेजनामा ल्याउनको लागी पर्याप्त पाक्क्रीडाले सहयोग गर्छ। सामान्य
रूपमा भन्नुपर्दा, योनिमा लिङ्गको प्रवेश सुरु गर्नुभन्दा पहिले यौन
उत्तेजना दिलाउन वा लिन गरिने विभिन्न किसिमका क्रियाकलापलाई नै
प्राक्क्रीडा भनिन्छ।
चुम्बन, शरीर तथा यौनअंग सुमसुम्याउने वा चलाउने जस्ता क्रियाकलाप गरेर
एक-अर्काको यौन उत्तेजना बढाउन सकिन्छ। गहिरो चुम्बन तथा शरीरका अन्य
संवेदनशील अंगको चुम्बन निकै सहयोगी हुन सक्छन्।
त्यसैगरी विभिन्न अंगको मालिस पनि महत्वपूर्ण क्रियाकलाप हुन सक्छ। मधुरो
प्रकाशमा सुगन्धित तेलको प्रयोग वा सँगसँगै नुहाउने वा पानीमा अर्ध डुबेर
पनि एक-अर्काको शरीर मालिस गर्न सकिन्छ।
त्यसैगरी शरीरलाई सुमसुम्याउनु अर्को महत्वपूर्ण यौन क्रियाकलाप हो। हल्का
रूपले आफ्नो यौनसाथीको शरीरका विभिन्न भाग छुनु वा सुमसुम्याउनु यौन
उत्तेजक हुन्छ। प्वाँख वा यस्तै कोमल वस्तुको प्रयोग सकारात्मक साबित हुन
सक्छ।
यसो गर्दा आफ्नो यौन साथीको कुन-कुन भाग संवेदनशील छ वा उनी कुन-कुन अंग
छोइएको मन पराउँछिन् भन्ने कुरा थाहा पाउन मद्दत मिल्छ। कसैले हल्का रूपमा
छोइएको मन पराउँछन् भने कसैले कडा किसिमले छोएको मन पराउँछन्।
यी संवेदनशील अंगहरू सुमसुम्याउने कुरामात्र नभई चुम्बन गर्ने, चाट्ने,
चुस्ने, थपथप गर्ने, चिमोट्ने, माड्ने, हल्का टोक्ने, हल्का चिथोर्नेजस्ता
थुप्रै क्रियाकलाप आफ्नो रुचिअनुरूप गर्न सकिन्छ। भावनात्मक तथा प्रणयपूर्ण
यौन सम्बन्धका लागि जुन जोडीले एक अर्का लाई असाध्यै मायाँ गर्छन उनीहरु
मात्र प्रयाप्त सुख प्राप्त गर्छन ।
Post a Comment