पुनः २६ गते माइती पक्षले उमाका श्रीमान बालकृष्ण खत्रीले कुटपिट गरी हत्या गरेको किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । घटना बारेमा प्रारम्भिक अनुसन्धानले उनी घरेलु हिंसाको सिकार भएको हुन सक्ने जनाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक तथा प्रबक्ता लक्ष्मण शाहीले बताए । ‘उमाको नाकबाट रगत आएको थियो’ प्रहरी प्रबक्ता शाहीले भने,‘हत्या गरिएको हो होइन अनुसन्धान भइरहेको छ तर श्रीमान श्रीमतिबीच झगडा भएको देखिन्छ ।’ हत्याका आरोपित उमाका श्रीमान बालकृष्णले पनि सोही दिन झगडा भएको भन्ने स्वीकारोक्ति सहितको बयान दिएको प्रवक्ता शाीले बताए ।
यस्तै दहचौर १ की उमादेवि पौडेल (सापकोटा) ले आफूलाई कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको १० दिनपछि उपचारको क्रममा मृत्युबरण गरिन् ।
उनको जेठ १९ गते उपचारकै क्रममा वीरेन्दगरको एक नर्सिङ होममा मृत्यु भएको हो । श्रीमान पदमलाल शर्मा र भतिजा पर्ने दिनेश शार्माले आफूलाई कुटपिट गरेको उमादेविले निवदेनमा उल्लेख गरेकी थिइन् । सोही आधारमा प्रहरीले अहिले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । प्रहरी निरीक्षक शाहीका अनुसार उमादेविको पनि घरेलु हिंसाकै कारणले मृत्यु भएको अनुसन्धानमा देखिएको छ ।
यी दुइ घटना मात्रै होइन सुर्खेत जिल्ला अहिले देशभरकै धेरै आत्महत्या हुने जिल्लाहरु मध्येको एक हो । गत साउन यता अहिलेसम्म सुर्खेतमा ८२ जनाले आत्म हत्या गरेको प्रहरी निरीक्षक लक्ष्मण शाहीले बताए । उनका अनुसार ती मध्ये आत्म हत्या गर्नेमा महिलाको संख्या धेरै छ । आत्म हत्या गर्नेहरुमा १७ देखि २५ बर्ष उम्मेरका समूहको संख्या अन्य भन्दा बढीभएको उनले बताए । घरेलु हिंसा बिरुद्धको कानुन आएपनि व्यवहारमा प्रयोग नहुनुको परिणाम आत्म हत्या भएको प्रहरी ठम्याइ छ । अपराध अन्तर्गत जिल्लामा सबैभन्दा समस्याका रुपमा आत्म हत्या, दोस्रोमा जबरजस्ती करणी र तेस्रोमा लागुऔषध दुब्र्यसन रहेको प्रहरी निरीक्षक शाहीले बताए ।
‘रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै उपयुक्त हुन्छ’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष अभियान चलाउने भएको छ ।
अपराधलाई नियन्त्रण र निर्मूलीकरण गर्ने उद्देश्यले आउँदो महिनाबाट प्रहरीले विशेष अभियान सञ्चालन गर्ने कार्ययोजना बनाएको शाहीले बताए । आत्महत्या, जवरजस्ती करणी र लागुऔषध दुब्र्यसन नियन्त्रण सम्बन्धी जनचेतना मुलक कार्यक्रम जिल्ला प्रहरी कार्यालयले गर्ने बताइएको छ । यस सम्बन्धी कार्ययोजना बनाइ प्रहरी मुख्यालयमा पठाइसकेको शाहीले जानकारी दिए । उनका अनुसार ती कार्यक्रमहरु विद्यालय र समुदाय केन्द्रीत हुने छन् ।
सुर्खेत स्थित अधिकारबादी विभिन्न संघ संस्थाहरुले एक विप्ति मार्फत घरेलु हिंसा गर्ने माथी कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् । विज्ञप्तिमा लाटीकोइलीकी ३ मनिकापुरकी उमा विसी र दहचौर १ की उमादेवि पौडेल (सापकोटा) को आफ्नै श्रीमानको क्रूर हिंसमा परि मृत्यु भएको प्रति भत्सना गरिएको छ । उनीहरुले महिला बिरुद्ध हुने क्रूरता प्रति सरकारले गम्भिर र संम्बेदनशिलताका साथ लिएर सही छानविन गरी दोषीलाई कारबाहीका लागि माग गरेकाछन् । नेपालमा महिला बिरुद्ध हुने सबैखाले भेदभाव उन्मुलन महासन्धीमा हस्ताक्षर गरको करिब तीन दशक वितिसक्दा पनि नेपालमा महिलाहरु आफ्नै घर परिवारबाट हिंसा भोग्दै आएको भन्दै र पछिल्लो समय सुर्खेतमा त्यस्ता घटना श्रृङ्खलाबद्ध रुपमा भएकोले गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
Post a Comment