news and more entertainment

मलेसिया पुगेको दुई महिनामै नेपाली कामदारको मृत्यु

नवलपरासी, ९ असार ।  मलेसिया स्थित सिएनटी प्लाष्टिक कम्पनीमा  कार्यरत एक नेपाली कामदारको मृत्यु भएको छ ।   बडहरादुवौलिया ९ फुलवरियाका प्रकाश कहांरको मृत्यु भएको मृतक परिवारले जनाएका हुन् ।
      दुई महिना पहिला उनी बैदेशिक रोजगारीमा गएका थिए । कम्पनीेले हृदयघातले मृत्यु भएको बताउदै आएपनि मृतक परिवारले विश्वास गरेका छैनन् । षडयन्त्र गरि हत्या गरिएको मृतककी पत्नी परमेश्वरीले आरोप लगाउनु भएको छ  ।  शनिवार साझ फोन सम्पर्क भएको र आईतवार विहान मृत्युको खबर आएको भन्दै मृत्यु समान्य प्रकृतिको हुनै नसक्ने दावी परिवारले गरेको हो  । मृतक परिवारले शव झिकाईदिनका लागि रोजगारीमा पठाउने मेनपावर कम्पनीसंग माग गरेका छन् ।मृतक परिवारले सरकारले सहयोग गरि यथासिघ्र शव झिकाई दिन र क्षतिपुर्ति समेत भराई दिनका लागि आग्रह गरेका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget