९ असार, काठमाडौं ।
अपराधी नियन्त्रण गरेर जनतामाझ निक्कै लोकप्रिय बनेका काठमाडौंका निलम्बित प्रहरी प्रमुख एसएपी रमेश खरेलमाथि गैर न्यायिक हत्यालाई बढावा दिएको गम्भिर आरोप लागेको छ । सिराहाको प्रहरी प्रमुख भएको समयमा एसएसपी खरेलले मेनेजर महतो भनिने मधेस राष्ट्र जनतान्त्रिक पार्टीका सभापति रामानायराण र अर्का एक मधेशी विद्रोही नेतालाई हिरासतमै रहेको समयमा हत्या गरेको दावी पत्रकार प्रशान्त झाले हालै प्रकाशित गरेको पुस्तकमा गरेका हुन् ।
गुण्डा तह लगाउने प्रहरी अधिकृत भनेर चर्चित एसएसपी खरेलले भारतमा पक्राउ परेर नेपाल ल्याइएका महतोलाई हिरासतबाट निकालेर गोली हानेको दावी प्रशान्त झाको पुस्तक ‘ब्याटलस् अफ द न्यू रिपब्लिक’मा गरेका छन् ।
उनको दावी विहार मानव अधिकार आयोगको प्रतिवेदनमा आधारित छ । विहार मानव अधिकार आयोगको प्रतिवेदनमा बिहार पुलिसले सन् २००९ को जुलाई १८ तारिखका दिन भारत जयनगरबाट गिरफ्तार गरेर सिराहा प्रहरीलाई बुझाएको उल्लेख छ ।
प्रशान्त झाले गत साता मात्र राजधानीमा एमाओवादी नेता बाबुराम भटराई, कांग्रेस नेता गगन थापा र विश्लेषक सिके लालबाट आफ्नो पुस्तक विमोचन गरेका थिए ।
यदि प्रशान्त झाको पुस्तकमा गरिएको दावी सही सावित भएमा अपराधी र गुण्डा नियन्त्रणका लागि कमाएको चर्चा धुमिल बन्ने निश्चित छ । उनी यस अघि गृहमन्त्रलायले कारवाही गर्न खोज्दा जनसमर्थनको लहरका कारण चर्चामा आएका थिए ।उनलाई कारवाही गर्न खोजेपछि गृहमन्त्री बामदेव गौतमको सार्वजनिकरुपमा निक्कै तिव्र आलोचना भएको थियो ।The Battels of New Republic launch

हाल १ महिने विदामा रहेका रमेश खरेलको विषयमा विश्वकप देखि लिएर अन्य सामान्य विषयमा समेत समाचार प्रकाशित हुँदै आएका छन् ।
यस अघि युद्धकालमा बन्दीहरुलाई गैरन्यायीक यातना दिएको भन्दै नेपाली सेनाका कुमार लामा बेलायतमा पक्राउ परेका थिए । यो आरोप पुष्टी भएमा रमेश खरेलमाथि पनि कारवाही हुन सक्ने देखिन्छ ।
Post a Comment