(एजेन्सी) यतिबेला फुटबलको महामेला ब्राजिलमा जारी छ । नेयमार, मेस्सी, मुलर, भानपर्सी, सबैले खेलाडी आफ्नौ कौशल देखाएर चर्चामा छन् । अहिले त्यहाँ खेलाडीहरुसँगे स्टेडियममा देखिने फुटबलका समर्थकहरु पनि चर्चामा छन् । विशेष गरेर कामुक पहिरनमा देखिने महिला फुटबल फ्यानहरुले पनि निकै चर्चा कमाएका छन् ।
साम्बा र समुद्र तटको देश ब्राजिलमा अहिले विश्वभरका फुटबल फ्यानहरु जम्मा भएका छन् । कुन देशको फ्यान कति सुन्दर भन्ने कुराको पनि अहिले होडबाजी नै चलेको छ । यसै विषयमा कुन देशको फुटबल फ्यान सबैभन्दा सेक्सी छन् भनेर हालैमात्र युरोपको एउटा डेटिङ साइटले एउटा सर्वेक्षण गरेको छ । विशेष गरेर विवाहित पुरुषहरुमाझ चर्चित यस डेटिङ साइटले गरेको सर्वेक्षणमा करिब ८ हजारले सहभागीता जनाएका थिए ।
उक्त सर्वेक्षणले १८ प्रतिशतका साथ सबैभन्दा बढी सेक्सी ब्राजिलको फ्यानहरु रहेको देखाएको छ । त्यस्तै इटाली र स्पेन १२ र ११ प्रतिशतसहित दोस्रो र तेस्रोमा रहेका छन् ।
त्यसपछि क्रमशः अर्जेन्टिना, कोस्टारिका, रसिया, कोलम्बिया, फ्रान्स र ग्रिसका रहेका छन् । नेदरल्याण्ड, जापान र स्वीटजरल्याण्ड तीनै देश दशौं नम्बरमा आएका थिए
Post a Comment