news and more entertainment

जताततै “किक” ट्रेलरको चर्चा, २४ घण्टा नपुग्दै यु ट्युवमा १८ लाखको नजर(ट्रेलर)

ईदको अवसर पारेर प्रदर्शन गरिने भनिएको सलमान खान अभिनित एक्शन थ्रिलर फिल्म “किक”ले रिलिज भएको केहि क्षेणमा नै निकै चर्चा कमाउन सफल भएको छ | आइतवार मात्रै रिलिज भएको यस फिल्मको ट्रेलर हेर्नेको संख्या यु ट्युवमा तिव्र मात्रामा बढे पछि यसले धेरै चर्चा पाउन सफल भएको हो | यसको ट्रेलर यु ट्युवमा राखिएको २५ घन्टा नपुग्दै १६ लाख ५१ हजार भन्दा धेरैले हेरी सकेका छन् | उक्त भिडियो १० मिनेटमा २० देखि २५ हजार भन्दा बढी मानिसहरुले हेर्ने गरेका छन् | ट्रेलरमा सलमानको अभिनयको राम्रो प्रशंसा गरिएको छ | सलमानले “किक”को एक्सनै एक्सनले भरिएको यो ट्रेलरलाई विहिवार करिव ३:३० बजे यु ट्युवमा रिलिज गरेका थिए जसलाई १ घन्टामै डेड लाख भन्दा बढिले हेरी सकेका थिए | त्यसकै आधारमा चलचित्र युनिटले २०१४ को हिट चलचित्र “किक” हुनसक्ने विश्वास गरेका छन् | विहिबार नै सलमानले उक्त ट्रेलरलाइ आफ्नो फेसबुकमा सेयर गरेको केहि समय बित्न नपाउदै ७० हजारले लाइक गर्नुकासाथै ६ हजारले सेयर गरेका थिए | दुई मिनेट ४३ सेकेन्डमै ट्रेलरले आफुले सोचेको भन्दा राम्रो प्रतिक्रिया पाएकोमा सलमानले आफ्नो फेसबुकमा लाइक र सेयर गर्ने लगायत यु ट्युवमा हेर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् | “किक”को ट्रेलरमा सलमान खानसँगै रणदीप हुडा, नवाजुद्दीन सिद्दकी, संजय मिश्रा, सौरभ शुक्‍लाका साथै जैकलीन फर्नांडिसलाई देख्न सकिन्छ | ट्रेलरले कमाएको चर्चाको आधारमा फिल्ममा रहेको सलमानको अभिनयका साथै उनको प्रस्तुतिलाई दर्शकले रुचाउने विस्वास गरिएको छ | ट्रेलरले पाएको सफलतालाई मध्यनजर गर्दा धेरैले “किक”लाई २०१४ को उत्कृष्ट फिल्म हुन सक्ने अनुमान लगाइसकेका छन् |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget