२९ माघ,काठमाडौ। ललितपुरको एकान्तकुरा स्थित घरबाट धाइ धाइ लाजिप्पाटको होटेल एम्बेस्डर छेउ रहेको भवदेव रेष्टुरेण्टमा एमाओवादी नेता वर्षमान पुनः अनन्त सधै ब्रेकफास्ट मिटिङ गर्दछन् ।
उनका मिटिङमा स्वदेशी होइन् विदेशबाट आएका 'एजेन्सी'ला मान्छे हुन्छन्। हो , तिनै मिटिङका रिपोर्टिङमा
आधारित भएर एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो बोली र व्यवहार प्रस्तुत गर्दा रहेछन् ।
त्यही पटक पटकको मिटिङपछी अनन्तले प्रचण्डलाई भनेका छन्, 'वामएकता गरम भन्ने लाइन पो आउन थाल्यो उताबाट । हामी फुटेकोमा उताकालाई अकस्मात किन यस्तो चिन्ता लाग्न थाल्या होला ?' अनन्तले सुनाए अनुसार,'एक वर्षपछि सुशील कोइरालालाई बिदा गर्ने, केपीलाई प्रधानमन्त्री बनाउने र बाबुरामलाई राष्ट्रपति बनाउने योजना अन्तर्गत यो सब खेल हुँदैछ।
स्याल कराउनु र कुखुरा हराउनु' भने जस्तो बाबुरामले एक वर्षसम्म कुनै पदमा बस्दिन भन्नुको कारण त्यही हो भनी अनन्तले प्रचण्डलाई कन्भिन्स गरेका छन्। यो कुरा पुष्टी गर्ने अर्को तर्क हो, आफ्नै पार्टीको समेत कुनै जिम्मेवारी नबसेपछि न्युट्रल भुमिका भन्दै राष्ट्रपतिमा जान बाबुरामलाई सजिलो हुने !
रामवरण यादव कांग्रेसको महामन्त्री हुँदा हुँदै राष्ट्रपतिमा गए। त्यसबेला माओवादीले कहिल्यै साहनालाई कहिल्यै माधवलाई उचाल्दा रिसै रिसमा रामवरण चुनिएको कारण त्यसबेला पार्टी सम्बद्धताको कुरा त्यति ठुलो विवादको विषय बनेन ।
'एजेन्सी'को लाइन पाएर अनन्तले प्रचण्डलाई गरेको ब्रिफिङ अनुसार,रामचन्द्रले एक वर्ष भन्दा उताको निम्ति सत्ता गठबन्धनको कुरै गर्न हुन्न भनेर एमालेसंगको वार्तामा भन्नुको पछाडी पनि केही कारण छ। यस्तो रिपोर्टिङ सुनेका प्रचण्डले त्यहीबाट आफ्नोपनको भुमिका शुरु गरे।
जनआस्था साप्ताहिक
Post a Comment