एजेन्सी - चिनमा एकदमै अनौठो घटना भएको छ । समाचार अनुसार अत्याधिक मदिरा सेवनका कारण एकजना चिनियाँ महिलाको पेट विस्फोट भएको छ । इन्टरनेटमा फैलिएको समाचार अनुसार ५८ वर्षीय ती महिलाले अत्यधिक मदिरा सेवन गर्नुका साथै अन्य खाना खाएकी थिइन् । अत्यधिक खाना खाएपछि पेट फुलेकी ती महिलालाई अस्पताल पुर्याएको थियो । ग्यास्ट्रिकको समेत रोगि रहेकी उक्त महिलालाई शल्यक्रिया गर्ने क्रममा अत्यधिक ग्याँसका कारण पेट पड्किएको
शल्यक्रियामा संलग्न डाक्टरहरुको भनाइ छ । पेट पड्किए पछी बाहिर आएको अल्कोहल बिध्युतिय चक्कुको सम्पर्कमा आएपछी आगो समेत निस्किएको थियो । ‘सामान्यतया उनीहरू अघाएपछि खान छोड्छन् तर खाना खाइरहेको बेलामा मानिसले आफ्नो शरीरको क्षमतालाई बिर्सन्छ र उनीहरूले अत्यधिक खान्छ,’ चिकित्सक वाङले भने । लुनार क्यालेन्डरअनुसार चिनियाँले यसै साता आफ्नो नयाँ वर्ष भव्य रूपमा मनाएका थिए । अस्पतालका अनुसार उक्त महिला हाल आइसीयुमा रहेकी छिन् साथै यस्तो घटनामा मानिसको मृत्यु हुने सम्भावना धेरै हुन्छ । अस्पतालका अनुसार यस्तै समस्याहरु यसै बर्षमात्रै पनि १२ वटा भन्दा बढी आइसकेका छन् ।
Post a Comment