काठमाडौं- म्युजिक भिडियोमा सेक्स टेप बाहिरिएपछि तनावमा परेकी युवतीको भूमिकामा खेलेकी अभिनेत्री नीता ढुंगाना वास्तवमै तनावमा छन् । उक्त भिडियोबारे गतांकको ‘साप्ताहिक’ मा गसिप आएपछि उत्पन्न प्रतिक्रियाले नायिकालाई समस्या परेको हो ।
नीताले गल्ती नै नगरी समस्या झेल्नुपरेकोमा दुःख व्यक्त गरिन् ।
उक्त म्युजिक भिडियो निर्देशन समेत गरेका ‘साप्ताहिक’ का पत्रकार विदुर खतिवडाले गसिप समाचारलाई पाठकले सिरियस रूपमा लिइदिँदा समस्या आएको बताए ।
अहिले म्युजिक भिडियोमा गरिएको अभिनय सम्बन्धी गसिपले सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी आउन थालेपछि नीतालाई तनाव भएको हो ।
उनले आफूले आजसम्म इज्जतमा दाग लगाउने कुनै काम नगरेको भन्दै फ्यानहरूलाई नकारात्मक धारणा नबनाउन र माया गरिरहन आग्रह गरेकी छन्
Post a Comment