news and more entertainment

चीनले बदल्यो ट्वाइलेटलाई क्यामेरामा..(फोटो फिचर)

५ माघ,एजेन्सी । चीनको दक्षिण पश्चिमी शहर सिकियापुमा पुरै शहरलाई डिजिटाइज्ड गर्ने लहर चलाइएको छ । सिकियापु नगरपालिकाले २२ वटा सार्वजनिक ट्वाइलेटलाई क्यामेराको डिजाइनमा बदलेको छ।
सिकियापु शहर क्यामेरको ठुलो होलसेल बजार हो। यस्तो योजना बारेमा नगरपालिकका पदाधिकारी भन्छन्-'हामी चाहन्छौ यहाँ आउने मानिस डिजिटल संसारमा बसेको अनुभुति गर्न सकुन्। हामी हाम्रा उपलब्धीबाट गौरवान्वित छौ । यदी कोही मानिस इलेक्ट्रोनिक सामान किन्न चाहन्छ भने उनीहरुलाई थाहा हुनेछ यो सही ठाउँ हो',अधिकारीले बताए । यहाँ थोरै पैसामा उत्कृष्ट सामान पाइन्छ र उत्कृष्ट कम्पनीहरु यही छन्, अधिकारीले बताए । ट्वाइलेटलाई क्यामेरामा बदल्नुको कारण यो क्षेत्रले इलेक्ट्रोनिक क्षेत्रमा पाएको सफलता रिफ्लेक्ट गर्नु हो, ती अधिकारीले बताए । नगरपालिकाले सिकियापुमा बन्ने अन्य इलेक्ट्रोनिक सामानको आकारमा थप ट्वाइलेट बनाउन पनि शुरु गरेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget