news and more entertainment

अन्ततः फ्लप उदयले लिए अभिनयबाट सन्यास

(एजेन्सी)– सन् २००० को सुपरहिट फिल्म ‘मोहब्बते’ बाट बलिउडमा आफ्नो पाइला राखेका फिल्मनिर्माता यश चोपडाका कान्छा छोरा उदय चोपडाले १४ वर्षपछि अभिनयबाट सन्यास लिएका छन् ।
उदयले आफूले अब फिल्मबाट सन्यास लिएको जानकारी दिइसकेका छन् र अभिनय छोडेर यशराजलाई अन्तराष्ट्रिय उचाइमा पुराउन कोसिस गरिरहेको बताएका छन् । हुन त उदयले यो कुराको संकेत पछिल्लो वर्ष आएको उनको सुपरहिट फिल्म ‘धुम–३’ को निर्माणको क्रममा नै बताएका थिए ।
यद्यपी उदयले धुमको चौथो संस्करण बनेको खण्डमा आफूले ‘अलि’को भूमिका निभाउने बारेमा आफूले सोच्ने बताएका छन् ।
उदय चोपडा नरगिस फाखरीसँगको प्रेमका कारण अहिले चर्चामा छन् । उदय र नरगिस विवाह बन्धनमा बाँधिदै छन् भन्ने कुरा संचार माध्यममा छाइरहेको छ । नरगिस अमेरिकामा बस्छिन् त्यसकारण उदय पनि अहिले अमेरिकामा नै छन् र दुबै त्यतै बस्न चाहेको बताइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget