पढाइ-लेखाई, खेलकुद लगायतका काममा प्रशिक्षकले प्रशिक्षण दिएको त हामीले
देखिजानेकै कुरा भयो । तर, अब सेक्सका लागि पनि कोचिङ क्लास हुन थालेको छ ।
यो कुनै उटपट्याङ काम गर्ने कम्पनीले थालेको हैन, बेलायत सरकारले नै सेक्स
कोचिङलाई औपचारिक मान्यता दिएको छ । यदि तपाई सेक्सको प्रशिक्षक बन्न
चाहनुहून्छ भने बेलायत सरकारले तपाईलाई प्रमाण पत्र दिन्छ । बेलायतले सेक्स
थेरापिस्टलाई सस्तो प्रमाणपत्र दिन थालेको हो । जसले सेक्सुअल हेल्थ
राम्रो राख्न र समस्याहरुबाट छुटाकारा दिलाउन सहयोग गर्छन् । बेलायती
पत्रिका दि इण्डिपेन्डेन्टका अनुसार ५१ वर्षीय जेन सरकारी सेक्स कोचमा
नियुक्त भएका छन् । उनी जस्तै माइक लोउसाडा पनि सेक्स कोचका रुपमा काम
गर्छन् । सेक्स थेरापिस्टहरुले यौन सम्वन्ध राख्ने तरिका, आनन्द लिने कला र
आसनहरु सिकाउने छन । तर, बिद्यार्थीसँग यस्तो सम्बन्ध भने राख्न पाउने
छैनन् ।
Post a Comment