news and more entertainment

‘तितो सत्य’बाट बाहिरिए दीपक, ‘बेइमान’को ग्रुप फर्कदै

 
dipakraj-giri
चर्चित हाँस्य सिरियल ‘तितो सत्य’का निर्देशक एवं कलाकार दीपकराज गिरी ‘छ एकान छ’ सिनेमाको प्रदर्शनताका खुबै मिडियामा आए । जसका कारण पनि दर्शकका लागि आफू रुचिकर हुन्न कि भन्ने डर उनमा छ ।
यही कारणले दीपकले ‘तितो सत्य’को अभिनयलाई केही समय विश्राम दिने भएका छन् । उनले केही महिनाका लागि ‘तितो सत्य’को निर्देशन मात्र गर्न लागेका हुन् । केही समय रोकिएर प्रशारणमा आएको ‘तितो सत्य’मा दीपक देखिएका छैनन् ।
उनले कलाकार कम एक्सपोज हुनु हानिकार हो भन्दै धेरै एक्सपोज हुनु महाहानिकारक भएको बताए । चलचित्र ‘वडा नम्बर छ’ को काममा नै व्यस्त रहेका दीपकले भनेे, ‘संभवत अब म चलचित्रको पर्दामा एकैचोटी देखिन्छु होला ।’
अब यो सिरियलमा पहिला छुट्टिएर गएका रवी डंगोल र उनको ग्रुप आउने भएको छ । संभवत विचमा कुरा विग्रिएन भने साउनबाट यो सिरियलमा ‘बेइमान’ नामले परिचित रवि डंगोल र अन्य कलाकारलाई देख्न सकिन्छ । ‘भूइचालो’ बन्द भएपछि रविको ग्रुप ‘तितो सत्य’मा नै फर्कन लागेको हो

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget