news and more entertainment

माल्भिका भन्छिन्-’म यौनिक तथा लैङ्गीक अल्पसंख्यकहरुको सहयोगी’ -

 
malvika-in-blue-dimond
अमेरिकी दुतावास युवा परिषद् २०१४ को चिया गफ टोलीले काठमाण्डौमा यौनिक तथा लैङ्गीक अल्पसंख्यकका बिषयमा युवाहरुमाझ अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको पूर्व मिस नेपाल माल्भिका सुब्बाले सहजिकरण गरेकी थिइन् । कार्यक्रममा चलचित्र निर्देशक निलु डोमा, ब्लू डायमण्ड सोसाइटिकी भूमिका श्रेष्ठ र भरत श्रेष्ठले आ आफ्नो अनुभव सुनाए ।
कार्यक्रममा पूर्व मिस नेपाल माल्भिका सुब्बाले नेपालमा रहेका यौनिक तथा लैङ्गीक अल्पसंख्यकको बारेमा जानकारी दिएकी थिइन् । उनले भनिन्, ‘नेपालमा यौनिक तथा लैङ्गीक अल्पसंख्यकहरु खुल्ला रुपमा आउन सकेका छैनन् । उनीहरुलाई हाम्रो समाजले स्विकार्न सकेको छैन, म यौनिक तथा लैङ्गीक अल्पसंख्यकहरुको सहयोगी हुँ । ‘
यो कार्यक्रम युवाहरु माझ विभिन्न बिषयमा नियमित संचालन गरिने चिया गफ टोलीकी अभियान्त स्मुती ढुंगानाले बताइन् । परिवार र समाजले स्वभाविक रुपमा रेस्पोन्स गरेको खण्डमा लैङ्गीक तथा यौनिक अल्पसंख्यकहरुले तनाव खप्नु नपर्ने भनाई निर्देशक निलु डोमाको थियो ।
कार्यक्रममा बोल्दै भूमिका श्रेष्ठले लैङ्गीक तथा यौनिक अल्पसंख्यकहरुलाई खुल्ला रुपमा समाजमा आउन अनुरोध गरिन् । कार्यक्रममबाट किशोरावस्थाबाट नै यौन शिक्षा आवश्यक भएको निष्कर्ष निकालिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget